भदौ ०६, २०८२, शुक्रबार

साफ महिला च्याम्पियनसिपकाे पहिलाे खेलमै नेपालकाे लज्जास्पद हार


Advertisement Image
clock icon 1 day, 11 hours ago
comment icon 0
comment

0

प्रतिक्रिया

पाेखरा । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु-१७ महिला च्याम्पियनसिपको उद्घाटन खेलमा नेपाल भारतसँग पराजित भएको छ । 

भुटानको थिम्पुस्थित चाङिलमिथाङ रङ्गशालामा बुधबार भएको खेलमा भारतसँग नेपाल ७-० गोलअन्तरले पराजित भएको हो । भारतले खेलको पहिलो हाफमा पाँच गोल गर्यो भने दोस्रो हाफमा दुई गोल थप्यो ।

भारतको जितमा अविस्ता बस्नेत, निरा चानु लोङ्जम, अनुष्का कुमारीले समान दुई/दुई गोल गरे भने जुलन नोन्गमाइथिमले एक गोल थपिन् ।

डबल राउन्ड रोविन लिगको आधारमा सञ्चालन भएको उक्त प्रतियोगितामा विभिन्न चार टोलीले सहभागिता जनाएका छन् ।

जसमा आयोजक भुटानसहित नेपाल भारत र बङ्गलादेश छन् । अब नेपालले शुक्रबार भुटानसँग खेल्नेछ ।

Copyright © 2024 | All rights reserved.