0
प्रतिक्रिया
पोखरा । पोखरा महानगरपालिका वडा नं ९ दरबारथोकस्थित चण्डिका आमा समूहको अध्यक्षमा विना श्रेष्ठ निर्वाचित भएकी छन् । समूहको १३औं साधारणसभा तथा पाँचौँ अधिवेशनले श्रेष्ठलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।
समूहको उपाध्यक्षमा देउमाया श्रीस पुन, सचिवमा मीना सिग्देल, कोषाध्यक्षमा कमला पाण्डे, सहसचिवमा शान्ति भुजेल मगर छन् । यसैगरी कार्यसमिति सदस्यमा कृष्णमाया कार्की, नीलम खवास श्रेष्ठ, सुनिता केसी, शान्ति गौतम, विष्णु सिग्देल, देवका थपलिया, रचना खवास, खिमा अधिकारी, चुनु माया गुरुङ र सीता खवास छन् ।
यसैगरी सल्लाहकारमा सरस्वती कोइराला, सीता नेपाली, गंगा सुवेदी, विमला रानाभाट, पुष्पाकुमारी आचार्य, हरिमाया गुरुङ, शारदा सिग्देल, शोभा अधिकारी र खीमा गुरुङ छन् ।
कार्यक्रम उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं. ९ का वडाध्यक्ष दिपेन्द्र मर्सानीले महिलाको सहभागिता विना समाजको समृद्धि सम्भव नहुने भन्दै महिला समूहले आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा गरेका योगदान प्रशंसनीय रहेको बताए ।
उनले वडा कार्यालय सदैव महिला समूहको कार्यक्रम, अभियान र सीप विकास गतिविधिमा सहकार्य गर्न तत्पर रहेको उनले स्पष्ट पारे । उनले भने, ‘तपाईंहरूले देखाएको एकता र सक्रियता वास्तवमै अनुकरणीय छ, आगामी दिनमा पनि यसरी नै समाज सेवा र महिला सशक्तीकरणमा उदाहरण प्रस्तुत गर्दै अघि बढ्न शुभकामना व्यक्त गर्दछु ।”
कार्यक्रममा वडा सदस्य गीता चर्माकार, नन्दराम गिरी र लक्ष्मी पहारी, चण्डीमाई सेवा समिति दरबारथोकका अध्यक्ष तेजबहादुर भुजेल, टोल विकास संस्था वडा समन्वय समिति अध्यक्ष उत्तम जोशी, समूहकी पूर्वअध्यक्ष एवं कृषि संजाल पोखरा-९ का अध्यक्ष विमला रानाभाट, नेवा मिसाः पुच नयाँबजार अध्यक्ष कोपिला श्रेष्ठलगायतले बोलेका थिए ।
सो अवसरमा ८० वर्ष पूरा भएका ज्येष्ठ नागरिक तेजबहादुर भुजेल, हिरामाया भुजेल, वेदनाथ कोइराला, पूर्णकला सिग्देल, मोतीसरा शर्मा भट्टराई, निराकुमारी गुरुङलाई सम्मान गरिएको थियो ।
साथै २०८१ को एसइई परीक्षा उत्तीर्ण सम्राट अधिकारी, अस्मित थापा, सुरज थापा मगर, स्वीकृत सिग्देल, निष्ठा खवास, सुकृत्य सिग्देललाई सम्मान गरिएको थियो । विद्यार्थी सम्मान कार्यक्रमको प्रायोजन दरबारथोक योग केन्द्रकी अध्यक्ष शोभा मिश्र अधिकारीले गरेकी थिइन् ।
सभामा संस्थाको वार्षिक प्रतिवेदन सचिव देउमाया श्रीसले र आर्थिक प्रतिवेदन सदस्य नीलम खवासले प्रस्तुत गरेका थिए ।
संस्थाका अध्यक्ष सीता नेपालीकोे अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष विना श्रेष्ठले स्वागत, कार्यसमिति सदस्य रचना खवासले स्वागत नृत्य र संचालन कोषाध्यक्ष शान्ति भुजेल मगरले गरेका थिए ।
Copyright © 2024 | All rights reserved.