भदौ ०६, २०८२, शुक्रबार

महिला उद्यमी संघ गण्डकीमा पार्वती


Advertisement Image
clock icon 13 hours, 21 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । महिला उद्यमी संघ नेपाल गण्डकी प्रदेश अध्यक्षमा पार्वती पौडेल रेग्मी चयन भएकी छन् । पोखरामा आयोजित महिलाहरुको भेलाले रेग्मीलाई सर्वसम्मत अध्यक्षमा चयन गरेकाे हाे ।

संघको उपाध्यक्षमा निर्मला मल्ल, सचिवमा रीता रेग्मी अर्याल र कोषाध्यक्षमा खगिसरा लामिछाने (पुनम) छन् ।

यसैगरी, सदस्यमा शारदा बराल (सरु), चन्द्रकला राना, भीमा कोइराला, सुकुन रसाइली विक र विनिता अधिकारी छन् । 

नेतृत्व सम्हालेसँगै नवनिर्वाचित अध्यक्ष रेग्मीले गण्डकी प्रदेशका सबै जिल्ला, पालिका र टोलसम्म पुगेर महिला उद्यमशीलता विकासका लागि आफ्नो क्षमताले भ्याएसम्म काम गर्ने वाचा गरिन् ।

यसअघि कार्यक्रम उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले महिला उद्यमशीलताको विकासका लागि प्रदेश सरकार निजी क्षेत्र, विशेषगरी महिला उद्यमी महासंघसँग सहकार्य गर्न प्रतिबद्ध रहेको बताए । 

उनले प्रदेश सरकारले महिला उद्यमीहरूलाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको र उनीहरूकै आग्रहमा ‘कोशेली घर’ सञ्चालनमा ल्याएको उदाहरण दिए । 

महिला उद्यमी महासंघ नेपालकी अध्यक्ष शोभा ज्ञवालीले महासंघले महिलाको क्षमता अभिवृद्धि, सीप विकासदेखि उत्पादित वस्तुको बजारीकरणसम्मका काममा निरन्तर सहयोग गर्दै आएको जानकारी दिइन् । 

Copyright © 2024 | All rights reserved.