0
प्रतिक्रिया
पोखरा । नेपाली बजारमा साताको अन्तिम दिन शुक्रबार पनि सुनचाँदीको भाउ बढेको छ ।
शुक्रबार सुनको भाउ तोलामा चार सय र चाँदीको २० रुपैयाँ बढेको हो ।
बुधबारको तुलनामा बिहीबार सुनको भो तोलामा एक हजार तीन सय र चाँदी ३५ रुपैयाँ बढेको थियो ।
मूल्य बढेसँगै शुक्रबार छापावाला सुनको भाउ प्रतितोला एक लाख ९५ हजार दुई सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।
सुनको भाउ बिहीबार प्रतितोला एक लाख ९४ हजार आठ सय रुपैयाँ रहेको थियो ।
आज पोखरा बजारमा सुनको भाउ प्रतितोला एक लाख ९५ हजार सात सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण संघ कास्कीले जनाएको छ ।
यता, बिहीबार प्रतितोला दुई हजार दुई सय ९० रुपैयाँ रहेको चाँदीको भाउ शुक्रबार दुई हजार तीन सय १० रुपैयाँ कायम भएको छ ।
आज पोखरा बजारमा चाँदी दुई हजार तीन सय ४० रुपैयाँ कायम भएको छ ।
Copyright © 2024 | All rights reserved.