0
प्रतिक्रिया
पोखरा । पोखरा इन्टरनेट प्रा.लि.ले २०८२ सालको तीज वर्षको अवसर पारेर तीज विशेष कार्यक्रम ल्याएको छ ।
भदौ ६ देखि १५ गतेसम्म पोखराको पुरानो टुँडिखेलमा तेस्राे ऐतिहासिक तीज महोत्सव चल्नेछ । उक्त कार्यक्रम सामाजिक संस्था इन्द्रेणी एकीकृत विकास केन्दको आयोजनामा हुनेछ । कार्यक्रममा पोखरा इन्टरनेट पनि इन्टरनेट स्पोन्सरको रुपमा सहभागी भएको छ ।
उक्त कार्यक्रम अवधिभर सम्पूर्ण स्थलमा निःशुल्क इन्टरनेट सुविधा उपलब्ध गराइएको इन्टरनेटकी मार्केटिङ हेड दीपा दुलालले बताइन् ।
कार्यक्रममा उपस्थित सम्पूर्ण दर्शक र सहभागीले फ्री वाईफाई सुविधा उपभोग गर्न सक्नेछन्। साथै, पोखरा इन्टरनेटले आयोजना गरेको लक्की ड्रमार्फत आकर्षक उपहार जित्ने अवसर पनि उपलब्ध हुनेछ।
सहभागी हुनका लागि इच्छुक व्यक्तिले आफ्नो नाम, ठेगाना र सम्पर्क नम्बर पोखरा इन्टरनेटको स्टलमा गई टिपाउनुपर्ने हुन्छ ।
यस लक्की ड्रअन्तर्गत १० दिनसम्म, प्रत्येक दिन एक जनाले ६ महिनासम्मको २०० एमबीपीएस इन्टरनेट सेवा लक्की विजेताको रूपमा प्राप्त गर्नेछन्।
विजेताले इन्टरनेट प्रयोग गर्नका लागि केवल रु.३,००० को इन्सटलेसन चार्जमात्र तिर्नुपर्ने मार्केटिङ हेड दुलालले उल्लेख गरिन् ।
यसबाहेक, रमाइलो वातावरणलाई अझै रोचक बनाउनका लागि सहभागीका लागि गेम जोनमा रिवाड पाउने विशेष अवसर पनि प्रदान गरिएको छ ।
पोखरा इन्टरनेटले निरन्तर रुपमा ग्राहकमैत्री सेवा, सामाजिक उत्तरदायित्व सिएसआर स्थानीय भावनासँगको सम्बन्ध लाई जोडेर सेवा प्रवाह गर्दै आएको छ ।
यही प्रतिबद्धताको हिस्सा स्वरूप यस तीज कार्यक्रममा सहकार्य गरिएको कम्पनीले जनाएको छ । इन्टरनेटले समय समयमा विभिन्न अफरहरु ग्राहक समक्ष प्रदान गर्दै आइरहेको छ ।
पोखरामा स्थापना भएको पोखरा इन्टरनेटले गण्डकी प्रदशेका सबै जिल्लामा आफ्नो सेवा बिस्तार गरेर इन्टरनेट प्रदान गर्दै आइरहेको छ ।
Copyright © 2024 | All rights reserved.