असोज ०३, २०८२, शुक्रबार

लामाचौर तीज महोत्सव शुभारम्भ


Advertisement Image
clock icon 3 weeks, 4 days ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । पोखरा महानगरपालिका वडा नं.१९ मा क्रियाशील नवआदर्श विकास समाजद्वारा आयोजित लामाचौर तीज महोत्सव शुभारम्भ भएको छ ।

महोत्सवको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरे ।

नवआदर्श विकास समाजको २९औँ वार्षिकोत्सवका अवसरमा आयोजित तीज महोत्सवको उद्घाटन गर्दै नगर प्रमुख आचार्यले मौलिक पर्वको रूपमा मनाइने तीजलाई तडकभडक नगरी मौलिक रूप मै मनाउनुपर्नेमा जोड दिए ।

तीजको सांस्कृतिक पक्षको उजागर गर्दै यसलाई जगेर्ना गर्ने कार्यमा नव आदर्श विकास समाजले महत्त्वपूर्ण योगदान गरिरहेको उनले बताए ।

१० गतेसम्म चल्ने महोत्सवमा तीज गीत प्रतियोगिता, महिला, पुरुष र छात्रहरू बिचमा भलिबल प्रतियोगिता लगायत कार्यक्रमहरू समावेश गरिएका छन् ।

Copyright © 2024 | All rights reserved.