0
प्रतिक्रिया
पोखरा । पोखरा महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याललाई स्वागत गरिएको छ ।
उनलाई नगर प्रमुख धनराज आचार्य, उपप्रमुख मन्जुदेवी गुरुङ, प्रवक्ता मोतीलाल तिम्सिना, दलका नेता दिवसमान प्रधानाङ्ग र राधिका कुमारी शाही योगीसहित महाशाखा प्रमुख, शाखा प्रमुख तथा कर्मचारीले स्वागत गरेका हुन् ।
प्रमुख प्रशासकीय अधिकृत अर्याल यसअघि लोक सेवा आयोगको कार्यालय जलेश्वरमा कार्यरत थिए ।
अर्यालले पर्यटकीय राजधानी पोखराको सेवा प्रवाह, विकास निर्माण र सुशासन प्रवर्द्धनमा प्रतिबद्धताका साथ लाग्ने बताए ।
महानगरपालिकावासीको सेवालाई चुस्त र प्रभावकारी बनाउन पारदर्शी समन्वयमा जोड दिए ।
प्रमुख प्रशासकीय अधिकृत अर्याललाई स्वागत गर्दै नगर प्रमुख आचार्यले पोखराको विकास प्रक्रियालाई गतिवान् बनाउँदै नागरिकको सेवालाई पारदर्शी र जवाफदेही बनाउने सन्दर्भमा कर्मचारी संयन्त्र परिचालनको प्रभावकारितामा जोड दिए ।
उपप्रमुख गुरुङले समन्वय र सहकार्यलाई अघि बढाउँदै समृद्ध पोखरा निर्माणका लागि योगदान गर्ने दिशामा हातेमालो गर्न आग्रह गरिन्।
यसअघिको सेवा अनुभव र पर्यटकीय राजधानी पोखराको सौन्दर्ययताले थप सेवामा सर्मपीत हुने ऊर्जा प्राप्त हुने विश्वास कार्यालयले गरेको छ ।
Copyright © 2024 | All rights reserved.