असोज ०३, २०८२, शुक्रबार

बन्दीपुर केवलकारको आइपीओ आजदेखि


Advertisement Image
clock icon 3 weeks, 2 days ago
comment icon 0
comment

0

प्रतिक्रिया

काठमाडौँ । बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडले बुधबारदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आइपीओ) निष्काशन गरेको छ ।

कम्पनीले आम लगानीकर्ताका लागि कुल ४३ लाख ४१ हजार ८० कित्ता सेयर जारी गरेको हो ।

लगानीकर्ताले न्यूनतम् १० कित्ता र अधिकतम् २० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

आवेदन नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाका तोकिएका शाखाबाट वा ‘मेरो शेयर’ प्रणालीमार्फत दिन सकिनेछ ।

आइपीओमा आवेदन दिने अन्तिम म्याद छिट्टैमा भदौ १५ गते र ढिलोमा भदौ २५ गतेसम्म रहनेछ ।

आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडले लिएको छ । 

यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्र र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ निष्काशन गरेको थियो । 

कम्पनीलाई धितोपत्र बोर्डले कुल ५८ लाख ६० हजार कित्ता सेयर निष्काशनको अनुमति दिएको थियो । 

जसअन्तर्गत आयोजना प्रभावित क्षेत्रका लागि पाँच लाख ६६ हजार पाँच सय कित्ता र विदेशमा रहेका नेपाली श्रमिकका लागि पाँच लाख २९ हजार ४०० कित्ता सेयर छुट्याइएको थियो ।

Copyright © 2024 | All rights reserved.