0
प्रतिक्रिया
पोखरा । भारतले साफ यु-१७ महिला च्याम्पियनसिपको उपाधि जितेको छ ।
शुक्रबार साँझ सम्पन्न खेलमा नेपाललाई ५-० गोलले हराउँदै भारतले एक खेल अगावै उपाधि जितेको हो ।
यो जितसँगै भारतले पाँच खेलबाट १५ अंक जोड्दै शीर्ष स्थानमा रहँदा समान खेलबाट तीन अंक जोडेको नेपाल तेस्रो स्थानमा छ ।
दोस्रो स्थानमा रहेको बङ्गलादेशको समान पाँच खेलमा १० अङ्क छ ।
हिजै बङ्गलादेश र भुटानले बराबरी खेल्दै अङ्क बाँडेका थिए ।
अब अन्तिम खेलमा भारत र बङ्गलादेश तथा नेपाल र भुटान खेल्नेछन् ।
नेपालको पाँच खेलमा तीन अङ्क र समान खेलमा भुटानको एक अङ्क छ ।
भारतले यसअघि सन् २०१८ र २०१९ मा साफ यु-१७ महिला च्याम्पियनसिपको उपाधि जितेको थियो ।
Copyright © 2024 | All rights reserved.