असोज ०३, २०८२, शुक्रबार

महालक्ष्मीको १६ दिने व्रतारम्भ आजदेखि


Advertisement Image
clock icon 2 weeks, 6 days ago
comment icon 0
comment

0

प्रतिक्रिया

पाेखरा । भाद्रशुक्ल सप्तमीदेखि १६ दिनसम्मको महालक्ष्मीको व्रतारम्भ हुँदैछ । 

यी १६ दिनमा निष्ठापूर्वक लक्ष्मीमाताको उपासना गर्ने उपासकले धन र समृद्धि प्राप्त गर्ने मान्यता रहेको हुनाले देवी महालक्ष्मीलाई प्रसन्न गराउने अवसरका रुपमा पनि यस पर्वलाई लिन सकिन्छ । 

आजदेखि १६ दिन अर्थात् आश्विनकृष्ण सप्तमीसम्म विधिपूर्वक यो व्रत गरिन्छ । यस वर्ष असोज १९ गते शुक्रबारसम्म यो व्रत गरिन्छ । यो व्रतका क्रममा ब्रह्मचार्यमा रहनुपर्ने, भूमिमा सुतेर व्रत पूरा गर्नुपर्ने नियम छ ।  

दूध, चन्दन र दुग्धजन्य पदार्थले लक्ष्मीमाताको पूजन गरिन्छ, कमलको दाना भएको माला जप्दै लक्ष्मीमाताको अर्चना गरिन्छ भने यस १६ दिनका क्रममा सातमुखे रुद्राक्ष लगाउनु अत्यन्त फलदायी मानिन्छ । 

यो व्रतका प्रभावले मृत्युपछि पनि दिव्यधाम प्राप्त हुने, अलक्ष्मी नाश हुने पनि मान्यता रहि आएको छ । 

समुद्र मन्थनका क्रममा क्षीर सागरमा उत्पन्न लक्ष्मी देवीको शुभबिवाह भगवान विष्णुसंग भएको हो ।

कमलको फूलमा आसन्न रहेकी देवी लक्ष्मीको हत्केलाबाट हरेकवखत धातुका सिक्काहरु खस्दछन्, यी बिम्बलाई केलाएर हेर्ने हो भने लक्ष्मी धनकी देवी कोमल मन अनि सहज उपस्थितिकी प्रतिमा हुन् । 

Copyright © 2024 | All rights reserved.