0
प्रतिक्रिया
पाेखरा। नेपाली राष्ट्रिय क्रिकेट टोलीले आफ्नो एकदिवसीय अभ्यास खेलमा पहिलाे जित निकालेको छ । साउथ अस्ट्रेलियाविरूद्ध शनिबार भएको खेलमा नेपालले दुई विकेटको जित निकालेको हो ।
पहिले ब्याटिङ गरेको साउद अस्ट्रेलिया ४५ ओभरमा दुई सय ४२ रनमा अलआउट भयो । दुई ४३ रनको लक्ष्य नेपालले ४४दशमलव१ ओभरमा आठ विकेटको क्षतिमा पूरा गरेको हो ।
नेपालको जितमा कप्तान रोहितकुमार पौडेलले शतक प्रहार गरे । उनले नटआउट एक सय एक रन बनाए । गुल्सन झाले ३६ रन र सोमपाल कामीले नटआउट ४० रन बनाए ।
बलिङमा नेपालका नन्दन यादव र सोमपाल कामीले तीन-तीन विकेट लिए । रूपेश सिंह, सन्दीप लामिछाने र शाहब अलामले एक-एक विकेट लिए ।
यसअघि नेपालले बिहीबार खेलिएका दुईटा टी-२० अभ्यास खेलमा पराजय भोगेको थियो । नेपाललाई साउथ अस्ट्रेलियाले दुई अभ्यास खेलमा पराजित गरेको थियो ।
यस्तै नेपालले मंगलबार एसिटी अस्ट्रेलियाविरूद्धको दुवै अभ्यास खेलमा जित निकालेको थियो ।
Copyright © 2024 | All rights reserved.