असोज ०३, २०८२, शुक्रबार

सीप हस्तान्तरणद्वारा सशक्तीकरण (नेष्ट)को अध्यक्षमा सूर्यप्रसाद न्यौपाने निर्वाचित


Advertisement Image
clock icon 2 weeks, 5 days ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । सीप हस्तान्तरणद्वारा सशक्तीकरण (नेस्ट) पोखरा को अध्यक्षमा सूर्यप्रसाद न्यौपाने निर्वाचित भएका छन् । संस्थाको शनिबार सम्पन्न २३औँ वार्षिक साधारणसभा तथा १०औँ अधिवेशनले न्यौपानेलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो । 

संस्थाको उपाध्यक्षमा कमलादेवी श्रेष्ठ, सचिवमा कुमबहादुर गुरुङ, कोषाध्यक्षमा सन्देश सुवेदी, सहसचिवमा प्रभा आचार्य निर्वाचित भएको निर्वाचन समिति संयोजक अधिवक्ता भुवन पराजुलीले जानकारी दिइन् । 

यस्तै कार्यसमिति सदस्यमा डा. पदम श्रेष्ठ, महेन्द्रप्रसाद लामिछाने, कृष्णबहादुर भण्डारी र हिराकुमारी गुरुङ निर्वाचित भए । 

स्वयंसेवा तथा संस्थाको पहिचानलाई अब्बल बनाउने अभियानमा रहेको नेष्टको १०औं अधिवेशनबाट लेखा समिति संयोजकमा मोना भण्डारी, सदस्यमा केदार धमला र गिरिधारी पोख्रेल सर्वसम्मत निर्वाचित भए ।

निर्वाचन समिति सदस्यमा सुरेन्द्रबाबु तिवारी र हरिप्रसाद लुइँटेल थिए । 

संस्थाका अध्यक्ष आनन्दकुमार पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा कार्यसमिति सदस्य प्रभा आचार्यले स्वागत र सहसचिव रविन श्रेष्ठले सञ्चालन गरेका थिए । साधारणसभामा संस्थाका सचिव सूर्यप्रसाद न्यौपाने वार्षिक प्रतिवेदन र सन्देश सुवेदीले कोषाध्यक्षको प्रस्तुत गरेका थिए । 

परामर्श सेवामा अग्रणी भूमिका खेल्दै आएको नेष्टले संघीय, प्रदेश र स्थानीय सरकारसँग हातेमालो गर्दै अघि बढ्ने कर्मचारी लेखा तथा प्रशासन सहायक मुना मजाकोटीले जानकारी दिइन् । नयाँ प्रविधि र सोचलाई सस्थागत गर्ने योजना रहेको नवनिर्वाचित अध्यक्ष सूर्यप्रसाद न्यौपानेले प्रतिवद्धता जनाए । 

Copyright © 2024 | All rights reserved.