असोज ०३, २०८२, शुक्रबार

पोखराको बागलुङ बसपार्कका खाजा घरमा अनैतिक गतिविधि गर्ने १९ जना पक्राउ


Advertisement Image
clock icon 2 weeks, 4 days ago
comment icon 0
comment

0

प्रतिक्रिया


पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले पोखराको बागलुङ बसपार्कबाट खाजाघर सञ्चालन गरी अनैतिक कार्य गर्ने १९ जनालाई पक्राउ गरेको छ । खाजा घरमा होहल्ला भई अनैतिक गतिविधि भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी तथा मातहत प्रहरी कार्यालय खटिएको टोलीले पोखरा महानगरपालिका वडा नं.२ बाग्लुङ बसपार्कबाट उनीहरुलाई पक्राउ गरेको हो ।

खाजा घरमा लागूऔषध सेवनकर्ताको अखडा बनाई होहल्ला गर्ने, यौनजन्य गतिविधिमा संलग्न हुने एवं सो एरिया आसपासमा अशान्ति मच्चाउने कार्य गरेको कास्की प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक अविनाशदीप जिसीले जानकारी दिए ।

पक्राउ पर्नेमा कास्की अन्नपूर्ण गाउँपालिका वडा नं १० घान्द्रुक घर भई हाल पोखराको बाग्लुङ बसपार्कस्थित कुमारी खाजा घर संचालक ३७ वर्षीय प्रकाश गुरुङ, माछापुच्छ्रे गापा वडा नं ५ घर भई खाजा घर संचालन गरी बस्ने वर्ष ३३ की बिमला मगर, म्याग्दी घर भई हाल बाग्लुङ बसपार्कस्थित सफल सचिन खाजा घर संचालन गरी बस्ने वर्ष २४ की मनदेवी घर्ती छन् । 

यसैगरी मादी गाउँपालिका वडा नं ४ की २३ वर्षीया बेलकुमारी रानाभाट, सीमा सुकुटी हाउस संचालन गरी बस्ने वर्ष ४० की मीनाकुमारी गुरुङ, पर्वत कुश्मा घर भई सरिता खाजा घर सञ्चालन गरी बस्ने वर्ष ३५ की सरिता परियार, म्याग्दी घर भई मीना खाजा घर संचालन गरी बस्ने वर्ष ३५ की मिना सिर्पाली, काभ्रे घर भई हाल खाजाघर संचालन गरी बस्ने वर्ष ५० की निरु तामाङ, कास्की अन्नपूर्ण घर भई हाल मनिषा खाजा घर संचालन गरी बस्ने वर्ष ४२ की राधिका नेपाली, कास्की मादी घर भई हाल सृष्टि खाजा घर संचालन गरी बस्ने वर्ष ४० की टिकामाया तामाङलाई पनि प्रहरीले पक्राउ गरेको छ । 

यस्तै, बाग्लुङ बसपार्कस्थित जेनिसा रेष्टुरेन्ट संचालन गरी बस्ने वर्ष २८ की विष्णु किसान, आरभ खाजा घर संचालन गरी बस्ने वर्ष ३५ की आशा मगर, गिभिर खाजा घर संचालन गरी बस्ने वर्ष ४२ की माया कार्की,  खाजाघर संचालन गरी बस्ने वर्ष ३५ की मनकुमारी किसान, हिम फ्रेस खाजा घर संचालन गरी बस्ने वर्ष ४९ की मञ्जु लामा, दिपक खाजा घर संचालन गरी बस्ने वर्ष ४४ की लक्ष्मी बिक, पोख्रेली कान्छी खाजा घर संचालन गरी बस्ने वर्ष ३७ की आशा तामाङ, कालिका खाजा घर संचालन गरी बस्ने वर्ष ३१ को सुवास दर्जी र अञ्जु मञ्जु खाजा घर संचालन गरी बस्ने वर्ष ४५ की सीता परियारलाई पनि प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ परेकाहरुविरुद्ध जिल्ला प्रशासन कार्यालय कास्कीबाट सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसूरमा पाँच दिन थप गरी अनुसन्धान प्रकृया अघि बढाइएको प्रहरी निरीक्षक जिसीले जानकारी दिए । 

Copyright © 2024 | All rights reserved.