असोज ०३, २०८२, शुक्रबार

फेवातालमा खसेकी हीराको सकुशल उद्धार


Advertisement Image
clock icon 2 weeks, 2 days ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । पोखराको फेवातालमा खसेकी एक महिलाको सकुशल उद्धार गरिएको छ ।

मंगलबार बिहान फेवातालमा खसेकी मकवानपुर घर भई हाल पोखरा महानगरपालिका वडा नं ६ लेकसाइड बस्दै आएकी ४५ वर्षीया हीरा नेगीलाई उद्धार गरिएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार गौरीघाटस्थित फेवातालको डिलबाट खसेकी उनी फेवातालमा रहेको काठको मुढामा अड्किएकी थिइन् । 

त्यसपछि उनी चिच्याएकी थिइन् । सूचना पाउने वित्तिकै वडा प्रहरी कार्यालय बैदामबाट टोली खटिएर डुंगाको सहायताले नेगीको उद्धार गरिएको हो । 

एनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उचार भइरहेको प्रहरीले जनाएको छ । 

Copyright © 2024 | All rights reserved.