0
प्रतिक्रिया
पोखरा । अन्नपूर्ण गाउँपालिका-६ लुम्लेमा कविता पार्क निर्माण हुने भएको छ । कविता गाउँ लुम्ले समितिद्वारा बिहीवार आयोजित एक समारोह बीच पालिका प्रमुख विष्णुबहादुर केसीले उक्त पार्कको शिलान्यास गरे ।
पालिका प्रमुख केसीले हरेक मान्छेसँग विशेष क्षमता हुने भएकाले जसले क्षमता प्रदर्शन गर्न सक्छ सोही व्यक्ति सबैको प्यारो हुने बताउँदै कवि विनोद गौचनलाई विशेष क्षमताका प्रतिभाकारूपमा चिनाए ।
सो अवसरमा केसीले राज्य व्यवस्था परिवर्तनदेखि, सामाजिक, साहित्यिक र सांस्कृतिक क्षेत्रमा जीवन समर्पण गरेका विभूति र शहीदको योगदानको स्मरणका लागि पालिका शहीद र विभूति पार्क निर्माणमा अगाडि बढेको जानकारी गराए ।
उनले थपे, ‘लुम्लेवासीका लागि गायक प्रविण गुरुङ र कवि विनोद गौचन जस्ता सुनाम प्रतिभाको स्मरण गौरवको विषय भएकाले यस वर्षबाट पालिकाले दुवै स्रष्टाको स्मृति विशेष कार्यक्रमका लागि वार्षिक बजेटको व्यवस्था गरेको छ ।’
अन्नपूर्ण-६ का वडाध्यक्ष एकदेव देवकोटाले विनोद गौचनले अँगालेको बाटो समातेर हिँड्दै गर्दा पार्क निर्माणको अवस्थासम्म आइपुगेको बताए ।
उनले कविता गाउँका प्रणेता विनोद गौचनको अर्धकधको शालिकसहितको पार्क निर्माणमा गौचन परिवारले पुर्याएको साथ र सहयोग स्तुत्य रहेको धारणा राखे ।
कविता गाउँ लुम्लेका संस्थापक अध्यक्ष भक्तिराम देवकोटाले आफूँले रोपेको बिऊ अङ्कुराएको देख्न पाउँदा मन गद्गद् भएको विचार व्यक्त गरे ।
समितिका संस्थापक महासचिव सुनील देवकोटाले समाजसेवी चिनबहादुर केसीबाट दान प्राप्त चार आना दुई पैसा एक दाम जग्गामा २६ लाख २५ हजारको लागतमा कविता पार्क निर्माण गर्न लागेको जानकारी दिँदै लुम्लेमा अर्को पर्यटकीय गन्तव्य थपिएको धारणा व्यक्त गरे ।
कविता गाउँ लुम्लेका अध्यक्ष भरत देवकोटाले समितिले अल्पकालीन र दीर्घकालीन योजनासहित कविता पार्क निर्माणमा अगाडि बढाएको बताए ।
उनले समाजसेवी रामजीप्रसाद देवकोटाका परिवारद्वारा दान घोषणा भएको आठ आना जग्गामा समितिले अन्नपूर्ण गौरवका योजनाका रूपमा अगाडि बढाएर पार्कलाई ग्रामीण पर्यटन प्रवद्वर्धन केन्द्रका रूपमा अगाडि बढाउने लक्ष्य रहेको जानकारी गराए । पुगिसक्यो । जिन्दगी अपांग भएर बाच्न पर्ला जस्तो छ । यस्तै हो जिन्दगी ।
Copyright © 2024 | All rights reserved.