असोज ०३, २०८२, शुक्रबार

खोलामा डुबेर सोनुलालको मृत्यु


Advertisement Image
clock icon 1 week, 5 days ago
comment icon 0
comment

0

प्रतिक्रिया

पाेखरा । झापामा खोलामा डुबेर शनिबार एक जनाको ज्यान गएको छ ।

मृत्यु हुनेमा झापा कचनकवल गाउँपालिका वडा नं ६ पैनीटोलका ६२ वर्षीय सोनुलाल मुर्मु छन् ।

 भद्रपुर नगरपालिका वडा  नं ३,भैसाबाडीस्थित मेची खोलामा डुबेर मुर्मुको मृत्यु भएको हो ।

शनिबार दिउँसो करिब १२ः२० बजे स्थानीयवासीले खोलामा बग्दै गरेको देखेपछि उद्धार गरी बाहिर निकालेका थिए । 

तर, उनी मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

डीएसपी खड्काका अनुसार मृतक मुर्मु भारतस्थित छोरीको घर जाने क्रममा मेची खोला तर्दा डुबेर मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान र आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Copyright © 2024 | All rights reserved.