पोखरा । नेपाली बजारमा आज बिहीबार पनि सुन-चाँदीको मूल्य घटेको छ । आज सुनको भाउ तोलामा नौ सय र चाँदी ३० रुपैयाँले घटेको हो ।
मूल्य घटेसँगै छापावाला सुनको भाउ प्रतितोला दुई लाख १५ हजार दुई सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।
सुनको भाउ बुधबार प्रतितोला दुई लाख १६ हजार एक सय रुपैयाँ रहेको थियो । त्यसअघि मंगलबार सुनको भाउ प्रतितोला दुई लाख १७ हजार एक सय रुपैयाँ रहेको थियो ।
आज पोखरामा सुनको भाउ दुई लाख १५ हजार सात सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण संघ कास्कीले जनाएको छ ।
यता, बुधबार प्रतितोला दुई हजार पाँच सय ५० रुपैयाँमा कारोबार भएको असली चाँदी आज दुई हजार पाँच सय २० रुपैयाँ कायम भएको छ ।
आज पोखरामा चाँदी प्रतितोला दुई हजार पाँच सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।