0
प्रतिक्रिया
पोखरा । पोखरा महानगरपालिका वडा नं २६ स्थित मिलनचोक टोल विकास संस्थाको अध्यक्षमा नवराज ढुंगानामा निर्वाचित भएका छन् ।
संस्थाको १८औँ साधारणसभा तथा नवौँ अधिवेशनले ढुंगानालाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।
संस्थाको उपाध्यक्षमा जंगबहादुर गुरुङ, सचिवमा मीरा भण्डारी र कोषाध्यक्षमा मानबहादुर रानाभाट छन् ।
यसैगरी कार्यसमिति सदस्यमा आईमाया गुरुङ, दलबहादुर सुनार, धनप्रसाद गुरुङ, सरस्वती रानाभाट, रुकबहादुर गुरुङ, लक्ष्मी ढुंगाना र पूर्णबहादुर गुरुङ छन् ।
अधिवेशनले डिल्लीराज ढुंगाना, भैरव कामी र इमबहादुर गुरुङलाई सल्लाहकारमा चयन गरेको छ ।
यसअघि अधिवेशन उद्घाटन गर्दै वडा सदस्य सुदिपराज ढुंगानाले टोल विकास संस्थाले समुदायको विकास, आपसी एकता र सामाजिक उत्थानमा महत्वपूर्ण भूमिका खेलिरहेको बताए ।
उनले भने, ‘यो संस्था केवल विकासका आयोजनामा मात्र सीमित नभई समाजमा सद्भाव, आपसी सहयोग र साझा सोँच निर्माण गर्ने माध्यम पनि बनेको छ ।’
स्थानीय तहबाट शुरु हुने विकास नै दिगो र प्रभावकारी हुन्छ भन्ने विश्वासका साथ टोल विकास संस्थाले अघि सारेका कार्यक्रममा वडाको तर्फबाट सधैं सहयोग रहिरहने उनले स्पष्ट पारे ।
सबैको सक्रिय सहभागिता बिना कुनै पनि विकास सम्भव नहुने भन्दै उनले हरेक घर-घरको प्रतिनिधित्वसहित अगाडि बढेमात्र नमूना टोल बन्ने बताए ।
Copyright © 2024 | All rights reserved.