असोज ०७, २०८२, मंगलबार

सुनिल गायकको नयाँ म्युजिक भिडियो 'चोटै चोट' सार्वजनिक


Advertisement Image
clock icon 2 hours, 7 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पाेखरा । नेपाली गीत संगीतमा लागि रहेका गायक तथा संगीतकार सुनिल गायकको नयाँ म्युजिक भिडियो 'चोटै चोट' सार्वजनिक भएको छ।

गीतमा प्रेमीले प्रेम गुमाउनु र आफुलाई माया गर्नेको मान्छेको खुशी पनि प्रेम रहेको देखाईएको छ।

प्रेम,रोदन र विछोड,त्याग भिडियोमा देखाईएको छ। सुपु म्युजिक क्रियशनको प्रस्तुति रहेको सुनिल गायक युटुब च्यानलमार्फत आएका उक्त गीतमा शब्द संगीत र स्वर तथा अभिनय स्वयं सुनिल गायक रहेका छन् र उनलाई म्युजिक भिडियोमा, एलिसा भोग र सविन गायकले साथ दिएका छन् ।

संगीत संयोजनमा साहिल गायक तथा भिडियोमा निर्देशन नेत्र गुरुङले गरेका छन्।

त्यसैगरि पब्लिसिटी डिजाईन सोपु क्रियशन रहेको छ। गायक गीत संगीतसहित सामाजिक सेवामा समेत सक्रिय छन्।

उनका गीत तिम्रो अभाव,कति माया, कहिले भईन, सम्बन्ध, लोक गीत तथा भजन गीतसमेत गाएका छन्।

राष्ट्रिय संगीतकर्मी संघ कास्की, हेमजा साहित्य प्रतिष्ठान नेपालको अध्यक्ष, कास्की जिल्ला फुटबल संघका सदस्यलगायत विभिन्न सामाजिक कार्यमा सक्रिय छन्।

गीत संगीतमा लागेर नै आफू खुशी भएको र आगामी दिनमा पनि निरन्तर लागि पर्ने र गायकको नयाँ योजनमा गजल गीत, गन्धर्व गीतहरु रहेको बताए।

यस भिडियोमा प्रत्यक्ष अप्रत्यक्ष जोडिने साथ सहयोग प्रदान गर्ने सबैलाई एकमुष्ट धन्यवाद र सम्झना रहको गायकले बताए।

Copyright © 2024 | All rights reserved.