0
प्रतिक्रिया
पोखरा । हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रही स्थानीय वायुको प्रभाव रहेको छ ।
जसको प्रभावले गण्डकी, कोशी, मधेस र बागमती प्रदेशमा साधरणतया बदली रही बाँकी भूभागमा मौसम आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस्तै, गण्डकी र बागमती प्रदेशका केही, कोशी, मधेस र लुम्बिनी प्रदेशको थोरै स्थान तथा कर्णाली प्रदेशको एक-दुई स्थानमा चट्याङसहित मध्यम वर्षा भइरहेको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ भने गण्डकी, कोशी र बागमती प्रदेशका पहाडी भूभागका केही, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानमा तथा बाँकी भूभागका एक-दुई स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।
कोशी र बागमती प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
आज राति देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । गण्डकी, कोशी र बागमती प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा देशका बाँकी पहाडी भूभागको एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
साथै, कोशी र बागमती प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
Copyright © 2024 | All rights reserved.