असोज ०९, २०८२, बिहीबार

साफ यू-१७ च्याम्पियनसिपमा आज नेपाल र भारतसँग भिड्दै


Advertisement Image
clock icon 9 hours, 8 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पाेखरा। श्रीलंकामामा जारी साफ यू-१७ च्याम्पियनसिपको सेमिफाइनलमा आज नेपालले साविक विजेता भारतसँग भिड्दै छ ।

खेल कोलोम्बो रेसकोर्समा नेपाली समयअनुसार बेलुका ७ः४५ बजे शुरू हुनेछ ।

आजै बंगलादेश र पाकिस्तानबीच दिउँसो ३ः४५ बजे पहिलो सेमिफाइनल हुनेछ ।

नेपाल समूह ए को उपविजेता तथा भारत समूह बीको विजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको हो ।

नेपालले पहिलो खेलमा श्रीलंकालाई २-० ले पराजित थियो भने दोस्रो खेलमा बंगलादेशसँग ४-० ले पराजित भएको थियो ।

नेपालले अहिलेसम्म जम्मा दुई गोल गर्दा ४ गोल व्यहोरेको छ । श्रीलंकाविरुद्ध दुवै गोल समिर कुमारले गरेका थिए ।

भारतले सन् २०१९ देखि यताका चार संस्करण लगातार जितेको छ । नेपालले भने अहिलेसम्म चार पटक फाइनल खेले पनि उपाधिविहीन छ ।

Copyright © 2024 | All rights reserved.