0
प्रतिक्रिया
पोखरा । थोक व्यवसायी संघ कास्की पोखराले फुटपाथ व्यवसायीको व्यवस्थापन र जेनजी आन्दोलन पश्चात्को अवस्थाबारे पोखरा महानगरपालिकाको ध्यानाकर्षण गराएको छ ।
महानगर प्रमुख धनराज आचार्र्यलाई ध्यानाकर्षणपत्र बुझाउँदै संघले भाद्र २३ र २४ गतेको जेनजीद्वारा गरिएको आन्दोलनका कारण राज्यको भौतिक संरचनालगायत निजी तथा भौतिक संरचनामा क्षति पुर्याएकोप्रति ध्यानाकर्षण गराएको छ ।
ध्यानाकर्षणपत्रमा भनिएको छ, ‘यस पोखरा महानगरपालिका पनि आन्दोलनबाट बच्न सकेन । यस दुःखद् घटना र क्षतिप्रति गहिरो दुःख र सहानुभूति प्रकट गर्दछौँ । विशेषत आन्दोलनको क्रममा जलाइएका भौतिक संरचना यातायात तथा सवारी साधन लगायतमा तोडफोड आगजनी भएको संरचना र त्यसवाट प्रभावित भएका व्यवसायीको पिडामा हामी महानगर तथा व्यवसायीको साथमा छौँ । यस्ता घटनाक्रमले केवल निजी सम्पतिमा मात्र क्षति पुर्याएको होइन हाम्रो व्यवसायिक वातावरण नै असुरक्षा र अन्यौलता बढाएको महसुस भएको छ ।’
साथै पछिल्लो क्रममा गण्डकी प्रदेश पोखराको व्यापारिक क्षेत्रको मुटु मानिने स्थानमा फुटपाथ व्यवसायीको संख्या तीव्ररुपमा वृद्धि हुँदै आम नागरिकलाई समेत असहज रुपमा भिडभाड गरी आवतजावत गर्न कठिनाई भएको संघले जनाएको छ ।
पोखरालाई पर्यटकीय नगर भनेता पनि आउने पर्यटकले पोखरालाई हेर्ने दृष्टिकोण फरक परेको भन्दै संघका अध्यक्ष उषा तिमिल्सिनाले इजाजत प्राप्त व्यवसायीले राज्यलाई नियमित कर तिरेर लाखौंलाई रोजगारी दिएको अवस्थामा बिना दर्ता फुटपाथ सञ्चालन हुनु अन्याय भएको उल्लेख गरेकी छन् ।
यस प्रकारको समस्या समाधानका लागि विगतमा झै पोखरा महानगरपालिकाले खेलेको महत्वपूर्ण भूमिकालाई कायम नै राखी आवश्यक कदम चालिदिन संघले आग्रह गरेको छ ।
संघले अहिलेको परिस्थितिमा बजार क्षेत्र भित्र शान्ति सुरक्षा कायम गरी सरोकारवाला निकायसँग समन्वय गरिदिन महानगरसँग आग्रह गरेको छ ।
उक्त अवसरमा मेयर आचार्यले संघ र महानगरपालिकाबीच समन्वय गरेर समस्या समाधानर्फ लाग्ने प्रतिवद्धता जनाएका छन् ।
Copyright © 2024 | All rights reserved.