0
प्रतिक्रिया
पोखरा । आज नवरात्रको छैटौं दिन कात्यायनी देवीको पूजा आराधना गरेर मनाइन्छ । धर्मशास्त्रका अनुसार कात्यायनी देवीलाई हिन्दू धर्मग्रन्थमा साहसको प्रतीक मानिन्छ । यज्ञ-यज्ञादि, दानलगायत पुण्यकर्म तथा शुभकार्यमा आसुर वृत्तिका राक्षसहरूबाट हुने बिघ्नबाधा रोक्न देवी कात्यायनीको यस लोकमा आगमन भएको धार्मिक वचन छ ।
कात्यायनीको उपासनाबाट रोग, शोक, सन्ताप, भय आदि नष्ट हुने धार्मिक विश्वास रहेको छ । माता कात्यायनीलाई साहसको प्रतीक मानिन्छ । यज्ञयज्ञादि दान लगायतका पुण्यकर्म तथा शुभकार्य गर्दा आसुरीवृतिका राक्षसहरूबाट हुने विघ्न बाधा रोक्न देवी कात्यायनीको यस लोकमा आगमन भएको ग्रन्थहरूमा उल्लेख छ ।
देवकार्य सिद्ध गर्नका लागि माता भवानी स्वयं कात्यायन ऋषिको आश्रममा पैदा भएकी थिइन् । तत्पश्चात उनले कात्यायन ऋषिकी पुत्री हुन स्वीकार गरेकी थिइन् । राजर्षि जनककी पुत्री जानकी भएझैं कात्यायन ऋषिकी पुत्री कात्यायनी नामले लोकमा प्रसिद्ध भएकी हुन् ।
माता कात्यायनीको वदन वर्ण सुन्तला रङको रहेको वर्णन गरिएको छ । उनले हातमा चम्किलो खड्ग धारण गरेकी छन् । उनको यो शस्त्रलाई चन्द्रहास खड्ग भनिन्छ । अतिशक्तिशाली सिंहमा चढेर देवी कात्यायनीले दानवको वध गरेको देवीभागवतलगायतका ग्रन्थमा उल्लेख गरिएको छ ।
कात्यायनी देवीको स्वरूप अत्यन्त दिव्य र स्वर्ण समान चम्किलो रहेको धार्मिक ग्रन्थहरूमा वर्णन गरिएको छ । यी देवीको पनि सवारी सिंह हो । यिनका चार हातमध्ये एक हात अभय मुद्रामा र दोस्रो हात वरदमुद्रामा रहेको हुन्छ । अन्य हातहरूमा एउटामा तरबार र अर्कोमा कमलको फूल रहेको हुन्छ ।
देवी कात्यायनी माता पार्वतीको सौर्य अवतार पनि मानिन्छ । कात्यायनी देवीको वाहन पनि सिंह नै हो । यिनको उपासना र आराधनाले भक्तहरूले सजिलै धर्म, अर्थ, काम र मोक्ष प्राप्त गर्न सक्छन् । त्यसैले भनिन्छ यी देवीको उपासना गर्नाले परम पदको प्राप्ति हुन्छ भन्ने मान्यता रहिआएको छ ।
Copyright © 2024 | All rights reserved.