0
प्रतिक्रिया
पाेखरा । हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रही स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।
जसको प्रभावले अहिले पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ भने कोशी र बागमती प्रदेशका पहाडी भूभागका एक, दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो देशको पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ ।
गण्डकी, कोशी, बागमती र लुम्बिनी प्रदेशका पहाडी भूभागका केही स्थान तथा अन्य प्रदेशका पहाडी र तराई भूभागका एक,दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
कोशी र बागमती प्रदेशका पहाडी भूभागका एक,दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
आज राति कोशी र मधेस प्रदेशलगायत देशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ भने गण्डकी, कोशी, मधेस र बागमती प्रदेशका केही स्थान तथा देशका बाँकी भूभागका एक,दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
Copyright © 2024 | All rights reserved.