असोज १२, २०८२, आइतबार

बुढीबजारबाट खरानेफाँट जाने बाटोमा प्रेम-गोमा चौतारी निर्माण


Advertisement Image
clock icon 1 hour, 22 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । पोखरा महानगरपालिका वडा नं २६ स्थित बुढीबजारबाट खरानेफाँट जाने बाटोमा प्रेम गोमा चौतारी निर्माण भएको छ ।

प्रेम गोमाका छोराछोरी ओमकार अधिकारी, चैतन्यराज अधिकारी तथा गायत्री पराजुली, इन्दिरा पौडेलले उत्त चौतारी निर्माण गरेका हुन् । 

साविक ढिकुरपोखरी अर्थात अन्नपूर्ण गाउँपालिका वडा नं १ अधिकारी डाँडा कास्कीकोटमा जन्मिएका अधिकारी हाल पोखरा महानगरपालिका वडा नं ८ रत्नचोकमा बस्दै आएका छन् । 

प्रेम गोमाका निजी जग्गामै निर्माण गरिएको चौतारीका लागि विभिन्न व्यक्तित्वले पनि स्वेच्छिक सहयोग गरेका छन् । 

चौतारी उद्घाटन पोखरा महानगरपालिका वडा नं २६ का वडासदस्य सुदिपराज ढुंगानाले गरेका थिए । 

उक्त अवसरमा वडासदस्य ढुंगानाले चौतारीको सांस्कृतिक, सामाजिक र भावनात्मक महत्वबारे प्रकाश पारे ।

चौतारी हाम्रो नेपाली समाजको एक अमूल्य सम्पदा भएको भन्दै उनले यो ठाउँ केवल बस्नेमात्र होइन, विचार साटासाट गर्ने, अनुभव बाँड्ने र सामाजिक एकता सुदृढ गर्ने थलो पनि भएको स्पष्ट पारे । 

आधुनिक विकाससँगै हराउँदै गएको यस्तो परम्परागत संरचनाको पुनःनिर्माण गर्नु हाम्रो जिम्मेवारी भएको उनले बताए । 

रत्नप्रसाद चपागाइको अध्यक्षतामा भएको कार्यक्रममा ठाकुरप्रसाद ढुंगानाले स्वागत र सञ्चालन चैतन्यराज अधिकारीले गरेका थिए ।

Copyright © 2024 | All rights reserved.