0
प्रतिक्रिया
पाेखरा। विश्व मुटुरोग दिवस सोमबार नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदैछ । स्वास्थ्य क्षेत्रका सरकारी तथा गैरसरकारी संघ÷संस्थाले विविध कार्यक्रम गरी यो दिवस मनाउने गर्छन् ।
‘डन्ट मिस अ बीट’भन्ने नाराका साथ विश्व मुटुरोग दिवस मनाइँदैछ । हरेक वर्षको सेप्टेम्बर २९ तारिखमा विश्वभरि मुटु दिवस मनाइँदै आइएको छ ।
मुटुरोग विशेषका अनुसार अहिले मुटुको रोग १ नम्बर हत्याराको रूपमा विश्वव्यापी रूपमा स्थापित भएको छ । उनले अहिले वर्सेनि मुटुको रोगबाट दुई करोड मानिसहरू मर्ने गरेको उल्लेख गर्दै त्यसमध्येमा ६५ लाख मानिस अल्पायूमै मर्ने गरेको छ ।
अहिले मुटुको रोग एक नं हत्याराको रूपमा विश्वव्यापी रूपमा स्थापित भएको छ । अहिले वर्सेनि मुटुको रोगबाट दुई करोड मानिस मर्छन् । अब त्यसमध्ये ६५ लाख मानिस त अल्पायूमै मर्छन् ।
अल्पायू भनेको यो ४० वर्षभन्दा कम उमेरमै मर्छन् मुटुको रोगबाट । नेपालमा पनि ३० हजार मानिस मुटुको रोगबाट मर्ने गरेको पाइन्छ । विकसित राष्ट्रभन्दा पनि हाम्रो जस्तो विकासोन्मुख राष्ट्रमा झन् मुटुको रोग धेरै हुने गरेको पाइन्छ ।
मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीका अनुसार मुटु रोग विश्वका लागि सबैभन्दा खतरनाक स्वास्थ्य समस्या बनेको छ ।
पछिल्लो दुई दशकमा नेपालमा मुटु रोगको उपचार प्रणालीमा उल्लेखनीय सुधार आएको छ । हाल ९५ प्रतिशत मुटु रोगको उपचार नेपालमै सम्भव भएको छ ।
Copyright © 2024 | All rights reserved.