असोज १५, २०८२, बुधबार

आज कहाँकहाँ होला भारी वर्षा?


Advertisement Image
clock icon 6 hours, 49 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पाेखरा । हाल देशभर मनसुनी वायु र स्थानीय वायु को प्रभाव कायमै रहेकाले आज (बुधबार) पनि देशका अधिकांश स्थानमा बदली र वर्षा हुने सम्भावना छ।

आज दिउँसो सबै प्रदेशमा साधारणतया बदली रहनेछ। गण्डकी, कोशी र बागमती  प्रदेशका पहाडी र तराई भूभागलगायत मधेश प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ।

विशेषगरी गण्डकी, कोशी र बागमती प्रदेशका पहाडी भेगका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको माैसम पूर्वानुमन महाशाखाले जनाएको छ।

आज राति पनि सबै प्रदेशमा साधारणतया बदली रहनेछ। गण्डकी, कोशी, बागमती र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागलगायत मधेश प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू-भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ।

महाशाखाले आज राति गण्डकी, कोशी, मधेस र बागमती  प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकाले सर्तक रहन आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

Copyright © 2024 | All rights reserved.