असोज १६, २०८२, बिहीबार

राष्ट्रपति पौडेलद्वारा टीका ग्रहण


Advertisement Image
clock icon 3 hours, 19 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेलले गुरु पुरोहितको हातबाट विजयादशमीको टीका, जमरा, प्रसाद र आशिर्वाद ग्रहण गरेका छन् ।

शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा राष्ट्रपति पौडेलले बिहीबार विजयादशमीको शुभ साइत ११ बजेर ५३ मिनेटमा टीका प्रसाद ग्रहण गरेका हुन् ।

उनले हनुमान ढोका दरवारका गुरु देवराज आर्याल तथा राष्ट्रपतिका पुरोहित अर्जुनप्रसाद न्यौपानेबाट टीका र जमरा ग्रहण गरेका हुन् ।

आफूले टीका ग्रहण गरेपछि राष्ट्रपति पौडेलले प्रथम महिलासहित परिवारका सदस्यलाई टीका लगाइदिएका थिए ।

Copyright © 2024 | All rights reserved.