असोज १६, २०८२, बिहीबार

नेपाल मलेसियासँग तीन रनले पराजित


Advertisement Image
clock icon 1 hour, 33 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

काठमाडौँ । नेपाली महिला राष्ट्रिय क्रिकेट टोली टी-२० अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गत पहिलो खेलमा मलेसियासँग तीन रनले पराजित भएको छ ।

कुआलालम्पुरस्थित वायुमास ओभलमा भएको बिहीबार सम्पन्न रोमाञ्चक खेलमा नेपाल मलेसियासँग तीन रनले पराजित भएको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले नेपाललाई एक सय पाँच रनको चुनौती दिएको थियो । सो लक्ष्य पछ्याएको नेपाल सात विकेट गुमाएर एक सय एक रनमै समेटिन पुग्यो ।

नेपालका लागि पूजा महतोले सर्वाधिक ३० रनको योगदान दिँदा सम्झना खड्काले १८, कविता जोशीले अविजित १३ तथा कप्तान इन्दु बर्माले १२ रन बनाए ।

मलेसियाकी नुर दानिया स्यादाले चार ओभरमा १० रन मात्र दिएर तीन विकेट लिइन् । कप्तान विनिफ्रेड दुरासिंघम र आइसा एलिसाले दुई-दुई विकेट लिन सफल भए ।

यसअघि मलेसियाले २० ओभरमा पाँच विकेट गुमाएर एक सय चार रन बनाएको थियो ।

मलेसियाका लागि कप्तान विनिफ्रेडले सर्वाधिक २७, अइना हमिजाले २६ तथा मास एलिसाले २५ रन बनाउन सफल भए ।

नेपालकी सोमु विष्टले दुई तथा रुबिना क्षेत्रीले एक विकेट लिएका थिए । शृंखलाको दोस्रो खेल शनिबार हुनेछ ।

Copyright © 2024 | All rights reserved.