0
प्रतिक्रिया
पाेखरा। विजयादशमीको टीकाको दोस्रो दिन आज (शुक्रबार) पनि आफन्त तथा मान्यजनको हातबाट टीका जमरा लगाई आशीर्वाद लिने क्रम जारी छ।
विजयादशमीको टीका कोजाग्रत पूर्णिमासम्म लगाउन सकिने बताएको छ ।
खासगरी टाढा रहेका आफन्त तथा मान्यजनकहाँ टीकाको दिनदेखि कोजाग्रत पूर्णिमाको दिनभित्र पुगेर विजयादशमीको टीका थाप्ने र आशीर्वाद लिने चलन छ।
त्यसैले आज टीकाको दोस्रो दिन पनि टीका लगाउन आउ-जाउ गर्नेहरूको चहलपहल जारी छ।
कोजाग्रत पूर्णिमाको दिन राति जाग्राम बसी महालक्ष्मीको पूजा गरेपछि १५ दिन लामो बडादशैँ अर्थात् दुर्गा पक्ष समाप्त हुन्छ।
Copyright © 2024 | All rights reserved.