असोज १८, २०८२, शनिबार

प्राकृतिक विपद्मा सुरक्षित रहन प्रधानमन्त्रीको अपील


Advertisement Image
clock icon 2 hours, 45 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले प्राकृतिक विपद्मा सुरक्षित रहन नागरिकलाई अपील गरेकी छन् ।

शनिबार साँझ देशवासीका नाममा संवोधन गर्दै प्रधानमन्त्रीले यस्तो अपील गरेकी हुन् ।

जोखिमयुक्त सबै क्षेत्रमा सुरक्षा निकाय खटिएको भन्दै उनले सरकारी निकाय उद्धार र राहतका लागि चौविसै घण्टा तयारी अवस्थामा रहेको जानकारी दिएकी छन् ।

सबै महत्वपूर्ण राजमार्ग र अन्य अत्यावश्यक पूर्वाधारको सक्रिय रुपमा निगरानी गरिरहेको भन्दै प्रधानमन्त्रीले अवस्थाले अनुमति दिनवित्तिकै राजमार्ग सञ्चालन गरिने पारेकी छन् ।

जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई सुरक्षित रहन भन्दै प्रधानमन्त्रीले आवश्यक परेमा सुरक्षा निकायको सहयोग र राहत लिन पनि आग्रह गरिन् ।

Copyright © 2024 | All rights reserved.