असोज १९, २०८२, आइतबार

विजयादशमीको टीकाको चौथो दिन टीका र जमरा ग्रहण गर्ने क्रम जारी


Advertisement Image
clock icon 2 hours, 9 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । विजयादशमीको टीकाको चौथो दिन आज पनि बिहानैदेखि मान्यजनबाट टीका र जमरा ग्रहण गर्ने क्रम जारी छ ।

विजयादशमीका दिनदेखि शुरू भएको नवदुर्गाको प्रसाद स्वरुप टीका र जमरा लगाउने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ ।

घटस्थापनाका दिन विधिपूर्वक दशैँघरमा राखिएको जमरा र टीका प्रसाद स्वरुप अग्रजको हातबाट आशीर्वादका रूपमा ग्रहण गर्ने परम्परा छ ।

यस वर्ष विजयादशमीको भोलिपल्ट शुक्रबार बेलुकीदेखि निरन्तर वर्षा भइरहेकाले मान्यजनको हातबाट टीका र जमरा लगाएर आशीर्वाद ग्रहण गर्न जानेहरूलाई असर गरेको छ ।

मौसमका बाबजुद पनि टीका र जमरा लगाएर आशीर्वाद ग्रहण गर्न जानेहरूको चहलपहलले बढेको छ ।

भारी वर्षाका कारण सरकारले आइतबार र सोमबार दुई दिनका लागि सार्वजनिक बिदा दिएको छ ।

Copyright © 2024 | All rights reserved.