0
प्रतिक्रिया
बाजुरा । भारतमा सवारी दुर्घटना हुँदा एक नेपालीको निधन गएको छ ।
निधन हुनेमा बाजुराको बडीमालिका नगरपालिका वडा नं ४ रिलाका २८ का नरेन्द्र नाथ छन् ।
बाजुराका पूर्व सञ्चारकर्मीसमेत रहेका नाथ बडीमालिका प्रवासी नेपाली एकता मञ्च भारतका संयोजकसमेत भएको बताइन्छ ।
भारतको नयाँ दिल्लीबाट नेपाल आउने क्रममा पिलिभित बिसलपुर सडकस्थित उनी सवार ट्याक्सीको टायर बदल्ने क्रममा विपरीत दिशाबाट आएको ट्रकले ठक्कर दिँदा दुर्घटना भएको हो । उनकाे घटनास्थलमै मृत्यु भएकाे थियाे ।
नाथ भारतमा रहँदा आपतमा परेका नेपालीलाई विभिन्न माध्यमबाट सहयोग पुर्याउँदै आएका थिए । उनले मनि ट्रान्सफर व्यवसाय सञ्चालन गर्दै आएका थिए ।
Copyright © 2024 | All rights reserved.