असोज १९, २०८२, आइतबार

आकाशियो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?


Advertisement Image
clock icon 2 hours, 40 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पाेखरा । दशैँलगत्तै सुनचाँदीको भाउ आकाशिएको छ ।

दशैँ अघि असोज १२ गते प्रतितोला दुई लाख २३ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज आइतबार दुई लाख ३० हजार छ सय रुपैयाँ कायम भएको छ ।

दशैँ अघिको कारोबारको तुलनामा दशैँपछि आज एकै दिन सुनको भाउ तोलामा सात हजार चार सय रुपैयाँले बढेको हो ।

आज चाँदीको भाउ पनि प्रतितोला दुई हजार नौ सय ३० रुपैयाँ पुगेको छ ।

दशैँ अघि चाँदी प्रतितोला दुई हजार आठ सय १० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।

महासंघले मूल्य सार्वजनिक नगरे पनि  सुनचाँदी दशैँ अविधभर पनि यही मूल्यमा काराेबार भएकाे थियाे ।

Copyright © 2024 | All rights reserved.