असोज १९, २०८२, आइतबार

टी-ट्वान्टी सिरिजको तेस्रो खेलमा नेपाल मलेसियासँग पराजित


Advertisement Image
clock icon 2 hours, 1 minute ago
comment icon 0
comment

0

प्रतिक्रिया

पाेखरा। घरेलु टोली मलेसिया विरुद्धको महिला टी-ट्वान्टी सिरिजको तेस्रो खेलमा नेपाल पराजित भएको छ ।

नेपाल मलेसियासँग १३ रनले हारेको हो । वायुमास ओभल स्टेडियममा जितको लागि एक सय २१ रनको विजयलक्ष्य पछ्याएको नेपाल २० ओभरमा आठ विकेट गुमाउँदै एक रन सात रनमा समेटियो ।

नेपालका लागि सम्झना खड्काले १८ रन र रूबि पोद्दारले ३१ रन जोडे । कविता कुँवरले १५ रन बनाउँदा कप्तान इन्दू बर्माले नटआउट २२ रन बनाइन् ।

मलेसियाकी नुर दानिया स्युहादा र आइसा एलिसाले समान एक-एक विकेट लिए । नेपालका छ जना ब्याटर रनआउट भए ।

टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा चार विकेट गुमाएर एक सय २० रन बनाएको थियो ।

मलेसियाका लागि ओपनर आइना हासिमले ५८ बलमा पाँच चौका प्रहार गर्दै ६१ रन जोडिन् भने मास एल्साले ३० बनाइन् ।

बलिङमा नेपालका लागि कविता जोशी र कविता कुँवरले समान दुई-दुई विकेट लिए ।

यसअघि पहिलो खेलमा मलेसिया र दोस्रो खेलमा नेपाल विजयी भएका थिए ।

पाँच खेलको सिरिजमा मलेसियाले दुई-एकको अग्रता बनाएको छ ।

अब चौथो खेल मंगलबार हुनेछ ।

Copyright © 2024 | All rights reserved.