0
प्रतिक्रिया
पोखरा । नेपाली बजारमा आज सोमबार पनि सुनचाँदीको भाउ बढेको छ । आज सुनको भाउ तोलामा दुई हजार पाँच सय र चाँदी ३० रुपैयाँ बढेको हो ।
मूल्य बढेसँगै आन छापावाला सुन प्रतितोला दुई लाख ३३ हजार एक सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।
यसअघि आइतबार सुनको भाउ प्रतितोला दुई लाख ३० हजार छ सय रुपैयाँ रहेको थियो ।
दशैँअघि प्रतितोला दुई लाख २३ हजार दुई सय रुपैयाँ रहेको सुनको भाउ दशैँकै अन्तिम दिनसम्म आइपुग्दा तोलामा नौ हजार नौ सय रुपैयाँले बढेको हो ।
यता आइतबार प्रतितोदा दुई हजार नौ सय ३० रुपैयाँमा कारोबार भएको असली चाँदी सोमबार दुई हजार नौ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
Copyright © 2024 | All rights reserved.