असोज २१, २०८२, मंगलबार

नेपाली राष्ट्रिय फुटबल टोली मंगलबार भियतनाम जाँदै


Advertisement Image
clock icon 3 hours, 22 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पाेखरा। एएफसी एशियन कप छनोट खेल्न नेपाली राष्ट्रिय फुटबल टोली मंगलबार भियतनाम जाँदैछ ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ र अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारी एवं सदस्यले नेपाली टोलीलाई सोमबार बिदाई गरेका थिए ।

नेपाली टोलीमा कप्तान किरण चेम्जोङ र लाकेन लिम्बु सिधै भियतनाम पुग्ने बताइएको छ । टोलीमा २३ खेलाडी, प्रशिक्षणसहित ४० जना छन् ।

नेपाली राष्ट्रिय फुटबल टोलीमा किरण चेम्जोङ (कप्तान),अभिषेक लिम्बु, अनन्त तामाङ, अञ्जन विष्ट, एरिक विष्ट, आयुष घलान, विमल पाण्डे, विशाल सुनार, दीप कार्की , दिनेश हेंजन, जिलेस्पी जङ्ग कार्की, कृतिश रत्न छुन्जु, कुशल देउवा, लाकेन लिम्बु, मणी कुमार लामा, मनीष डाँगी, रोहित चन्द, रोहन कार्की, सनिश श्रेष्ठ, सुवास ठाकुरी बम, सुमित श्रेष्ठ, सुमन श्रेष्ठ र योगेश गुरुङ छन् ।

नेपालले भियतनामसँग होम र अवे दुवै खेल खेल्नेछ । खेल असोज २३ र २८ गते (अक्टोबर ९ र १४) हुनेछ ।

समूह ‘एफ’ मा रहेको नेपालले यसअघि लाओससँग २-१ र मलेसियासँग २-० को हार बेहोरेको थियो । यही कारण छनोटका लागि भियतनामविरूद्धको खेल निकै महत्वपूर्ण मानिएको छ ।

नेपालले पछिल्लो पटक तयारीको क्रममा बंलादेशसँग दशरथ रङ्गशालामा मैत्रीपूर्ण खेल खेलेको थियो । खेल बराबरीमा सकिएको पनि दोस्रो खेल जेन-जी प्रदर्शनको कारण स्थगित भएको थियो ।

Copyright © 2024 | All rights reserved.