असोज २१, २०८२, मंगलबार

सुनको भाउ प्रतितोला दुई लाख ३५ हजार चार सय रुपैयाँ


Advertisement Image
clock icon 3 hours, 31 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पाेखरा । नेपाली बजारमा मंगलबार पनि सुनको भाउ बढेको छ । सोमबारको तुलनामा मंगलबार सुनको भाउ तोलामा दुई हजार तीन सय रुपैयाँ बढेको हो ।

योसँगै मंगलबार छापावाला सुनको भाउ प्रतितोला दुई लाख ३५ हजार चार सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।

यसअघि सोमबार सुनको भाउ प्रतितोला दुई लाख ३३ हजार एक सय रुपैयाँ रहेको थियो ।

दशैँअघि असोज १२ गते प्रतितोला दुई लाख २३ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

दशैँ अवधिभर महासंघले भाउ सार्वजनिक नगरे पनि सुन प्रतितोला दुई दुई लाख ३० हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।

साथै दशैँलगत्तै आइतबार सुन प्रतितोला दुई लाख ३० हजार छ सय रुपैयाँमा कारोबार भएको थियो ।

यता, मंगलबार असली चाँदीको भाउ भने स्थितर रहेको छ । सोमबार प्रतितोला दुई हजार नौ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ । सुन र चाँदीको यो मूल्य हालसम्मकै उच्च हो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार मंगलबार अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन तीन हजार नौ सय ६५ अमेरिकी डलरमा कारोबार भइरहेको छ । अन्तर्राष्ट्रिय बजारको मूल्यमा आएको वृद्धिको सीधा असर नेपाली बजारमा पनि परेको हो । नेपालमा सुनको भाउ दुई लाख ५० हजार नाघ्ने प्रक्षपण भइरहेको छ ।

Copyright © 2024 | All rights reserved.