माघ ०३, २०८२, शुक्रबार

टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाको चौथो खेलमा नेपालकाे शानदार जीत


Advertisement Image
clock icon 3 months, 1 week ago
comment icon 0
comment

0

प्रतिक्रिया

पाेखरा। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाको चौथो खेलमा शानदार जीत हासिल गरेको छ।

मलेसियामा म‌गलबार सम्पन्न खेलमा नेपालले मलेसियालाई छ विकेटले पराजित गर्दै पाँच खेलको शृङ्खलामा दुई-दुईको बराबरी गरेको हो।

मलेसियाले दिएको एक सय १२ रनको लक्ष्य नेपालले १७दशमलव तीन ओभरमा चार विकेट गुमाएर पूरा गर्‍यो।

नेपालको जितमा कप्तान इन्दु बर्माको महत्त्वपूर्ण भूमिका रह्यो, जसले ३९ बलमा ४८ रन बनाएर अविजित रहिन्।

यस्तै, रुबिना क्षेत्रीले २३ बलमा २३ रनको योगदान दिइन्।

बलिङतर्फ मलेसियाका लागि नुर दानिया स्युहादा, आइना हमिजा र माहिरा इजातीले समान एक-एक विकेट लिए।

यससअघि, टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ११ रन बनाएको थियो।

मलेसियाका लागि मास एलिसाले अविजित ५६ रन बनाइन् भने माहिराले १८ र नुर दानियाले १५ रनको योगदान दिए।

नेपालको बलिङतर्फ कविता कुँवरले सर्वाधिक तीन विकेट लिइन् भने पूजा महतो र कविता जोशीले समान एक-एक विकेट लिएका थिए।

योसँगै पाँच खेलको शृङ्खला निकै प्रतिस्पर्धात्मक मोडमा पुगेको छ।

यसअघि नेपालले पहिलो खेल तीन रनले हारेको थियो, दोस्रो खेल छ विकेटले जितेको थियो र तेस्रो खेल १३ रनले गुमाएको थियो।

शृङ्खलाको निर्णायक तथा अन्तिम खेल बुधबार हुनेछ।

Copyright © 2024 | All rights reserved.