माघ ०३, २०८२, शुक्रबार

आज कुवेतसँग भिड्दै नेपाल


Advertisement Image
clock icon 3 months, 1 week ago
comment icon 0
comment

0

प्रतिक्रिया

पाेखरा । टी-२० विश्वकप एसिया-इस्ट एसिया प्यासिफिक छनोट प्रतिस्पर्धामा आज नेपाली टिम कुवेतसँग प्रतिस्पर्धा गर्ने भएको छ ।

नेपालसहित नौ देश सहभागी रहेको टी-२० विश्वकप एसिया-इस्ट एसिया प्यासिफिक छनोटमा बुधबार नेपाल कुवेतसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

खेल आज राति ८ः४५ बजे शुरू हुनेछ । समूह ‘बी’ मा नेपालसँगै कुवेत र जापान छन् ।

नेपालले दोस्रो खेल शुक्रबार जापानसँग खेल्ने छ । जापान र नेपाल पहिलो पटक खेल्दै छन् ।

यो छनोट प्रतिस्पर्धाको समूह ‘ए’ मा युएई, मलेसिया र कतार छन् भने समूह ‘सी’ मा ओमान, पपुवा न्युगिनी र सामोआ छन् ।

कुवेतसँग खेल्ने नेपाली टाेलीमा रोहितकुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल, आसिफ सेख, आदील आलम, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललितनारायण राजवंशी, गुलशन झा, सोमपाल कामी छन् । याे टाेलीमा साहब आलम भने छैनन् ।

वेष्ट इण्डिजविरुद्ध दुई खेल तथा दुई अभ्यास खेल जितको नेपाल उत्साहित छ । आज नेपालले कुवेतलाई हराउन सके विश्वकपमा छनोट हुने सम्भावना बलियो हुनेछ ।

Copyright © 2024 | All rights reserved.