असोज २३, २०८२, बिहीबार

आज गण्डकीसहित चार प्रदेशमा वर्षाको सम्भावना


Advertisement Image
clock icon 3 hours, 11 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । हाल सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको पश्चिमी भूभाग, गण्डकी प्रदेशको पश्चिमी भूभागको थोरै स्थानमा पश्चिमी वायुको प्रभाव तथा बाँकी भूभागमा मनसुनी वायु र स्थानीय वायुको कमजोर प्रभाव रहेको छ ।

जसको प्रभावले हाल गण्डकी, सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा साधरणतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बाँकी पहाडी भूभागमा आंशिक बदली रही बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

गण्डकी प्रदेशको थोरै स्थान, कर्णाली, लुम्बिनी र बागमती प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहने छ ।

देशका पहाडी भूभागका एक-दुई स्थान हल्का वर्षाको सम्भावना छ ।

आज राति गण्डकी, कोशी र बागमती प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहने छ ।

गण्डकी, कोशी र बागमती प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Copyright © 2024 | All rights reserved.