असोज २४, २०८२, शुक्रबार

आज कहाँ-कहाँ होला वर्षा ?


Advertisement Image
clock icon 9 hours, 39 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । हाल सुदूरपश्चिम, कर्णाली प्रदेशलगायत लुम्बिनी प्रदेशको पश्चिमी भूभागको धेरै स्थान र गण्डकी प्रदेशको पश्चिमी भूभागको थोरै स्थानमा पश्चिमी वायुको प्रभाव कायमै रहेको छ ।

साथै बाँकी भूभागमा मनसुनी वायु तथा स्थानीय वायुको कमजोर प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जसको प्रभावले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो कोशीलगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहने छ ।

गण्डकी र कोशी प्रदेशको पहाडी भूभागका एक–दुई स्थान हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाको छ ।

साथै आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।

कोशी प्रदेशको पहाडी भूभागका एक–दुई स्थान हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Copyright © 2024 | All rights reserved.