असोज २४, २०८२, शुक्रबार

जीप दुर्घटना हुँदा आमा-छोरासहित तीनको मृत्यु, चालकसहित १० घाइते


Advertisement Image
clock icon 4 hours, 37 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

हुम्ला । हुम्लामा शुक्रबार बिहान जीप दुर्घटना हुँदा आमा-छोरासहित तीन जनाको ज्यान गएको छ भने चालकसहित १० जना घाइते भएका छन् ।

मृत्यु हुनेमा चंखेली गाउँपालिका वडा नं ६ की वसन्ती बुढा, उनका छोरा र सोही वडाका मानबीर बुढा छन् ।

घाइते हुनेमा चालक बहादुर लामा, यात्री कैलाश सिरा, महेन्द्र रोकाया, हंस बुढा, देवाङ्स बुढा, अनुपमा रोकाया, पार्वती बुढा र बिमला बुढा छन् । जीपमा दुई जना सामान्य बिरामीसहित १३ जना सवार रहेको पाइएको प्रहरीले जनाएको छ।

हुम्लाको मेल्छामबाट पालिका केन्द्र पिप्लाङतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२-००१च१०९१ नम्बरको डबल क्याब जीप शुक्रबार बिहान ११ बजे चंखेलीमा गाउँपालिका वडा नं ४ स्थित देशीखोलामा दुर्घटना भएको हो ।

जीप सडकबाट अन्दाजी तीन सय मिटर तल खसेको मेल्छाम प्रहरी चौकी प्रमुख प्रहरी सहायक निरीक्षक चक्रबहादुर सिंहले जानकारी दिए ।

घाइतेको प्रहरी र स्थानीयको सहयोगमा उद्धार गरी पिप्लाङ स्वास्थ्य चौकीमा उपचार भइरहेको र उनीहरूलाई थप उपचारका लागि बाहिर पठाउने तयारी भइरहेको चंखेली गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाहीले बताए ।

Copyright © 2024 | All rights reserved.