0
प्रतिक्रिया
पाेखरा । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाश शरण महतले संवैधानिक व्यवस्थामा हाल निर्माण भएको सरकार र संसद विघटनको कार्य असंवैधानिक रहेको बताएका छन् ।
शुक्रबार बसेको पदाधिकारी बैठकपछि प्रवक्ता महतले यस्तो बताएका हुन् ।
साथै महतले सरकार चुनावी वातावरण बनाउन गम्भीर नदेखिएकाले निर्वाचन हुने नहुने अन्योल रहेको बताए ।
चुनावी वातावरण सिर्जना हुन नसकेको भन्दै उनले संसद पुन:स्पनाको बाटो पनि खुला राख्नुपर्नेमा जोड दिए ।
निर्वाचन गर्ने मिति तोकिए पनि चुनावलाई सहज, निष्पक्ष, धाँधलीरहित र शान्ति सुरक्षाको प्रत्याभूतिसहित वातावरण बनाउन सरकार गम्भीर नदेखिएको उनको भनाइ थियो ।
‘निर्वाचन गर्ने मिति तोकिएको छ । राजनीतिक रुपमा जनताप्रति विश्वास गर्ने पार्टी भएकाले कांग्रेस जनतामा जाने कुरालाई नकार्न सक्दैन । तर सरकार चुनावलाई सहज, निश्पक्ष, धाँधलीरहित र शान्ति सुरक्षाको प्रत्याभूतिसहित वातावरण बनाउन सरकार गम्भीर देखिएको छैन । निर्वाचन हुन्छ, हुदैँन भन्ने कुरा पनि अन्योलमा परेको छ’, महतले भने ।
Copyright © 2024 | All rights reserved.