असोज २५, २०८२, शनिबार

शनिदेवको प्रिय दिनमा तपाईंको राशिफल कस्तो होला ?


Advertisement Image
clock icon 3 hours, 5 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुःख भाग्भवेतः ।।
ॐ शान्तिः शान्तिः शान्तिः ।।

आजको पञ्चाङ्ग

मिति २०८२ असोज २५ गते शनिबार, इस्वीसंवत अक्टोबर ११ तारिक सन् २०२५, श्रीशाके १९४७, नेपाल संवत् ११४५, सिद्धार्थीनामको संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । शरद ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार कात्तिककृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज कात्तिककृष्णपक्षको पञ्चमी तिथि रातिमा १०ः०३ मिनेटसम्म त्यसपछि षष्ठी तिथि लाग्नेछ । नक्षत्रमा रोहिणी रातिमा ९ः१८ मिनेटसम्म त्यसपछि मृगशिरा नक्षत्र लाग्नेछ । विष्कुम्भादि योगमा व्यतिपात ३६ घटि ३१ पलासम्म त्यसपछि वरियान योग लाग्नेछ । करणमा कौलव रहनेछ । आनन्दादि योगमा श्रीवत्स रहनेछ ।

सूर्य कन्या राशिमा, चन्द्रमा वृष राशिमा रहनेछ । आज दिनमान २८ घटि ५८ पला अर्थात ११ घण्टा ३८ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौँ केन्द्र विन्दुमा रही बिहानमा ६ः०२ बजे यम मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठीक ५ः३७ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने समय रातिमा ८ः५४ बजे र अस्ताउने समय भोलि बिहानमा १०ः३६ बजे रहेको छ । आज गैर आवासीय नेपाली दिवस रहेको छ । 

आजको राशिफल

मेषः आज शुभचिन्तकहरू टाढिन सक्छन्। अरूको बारेमा चासो राख्दा स्वयं समस्यामा परिएला। अध्ययनमा सोचेजस्तो प्रगति नहुन सक्छ। व्यापारमा समेत कम मात्र फाइदा हुनेछ। नयाँ योजना कार्यान्वयनमा ल्याउन निकै मिहिनेत गर्नुपर्ला। निराश नहुनुहोस्, मौका पर्खंदा स्थितिमा सुधार आउनेछ। आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय भएकाले सजग रहनुहोला।

वृषः आज विभिन्न अवसर प्राप्त भए पनि काममा अरूको मुख ताक्नाले पछि परिनेछ। विशेषतः सरकारी कामकाजमा केही अलमल हुन सक्छ। तापनि पहिलेको सफलताले हौसला जगाउनेछ। बिछोडिएका आफन्तजन भेटिनेछन्। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। मिहिनेतले सम्मानित स्थानसमेत दिलाउनेछ। खानपानको सोखले स्वास्थ्य प्रतिकूल बन्न सक्छ।

मिथुनः आज आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ। परिस्थितिवश आफन्तबाट टाढिनुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ने अवस्था आउन सक्छ। लाभप्रद कामले लोभ्याए पनि फजुल खर्च हुन सक्छ। अवसरका लागि कडा परिश्रम गर्नुपर्ला। देश-विदेशको यात्रा गर्ने प्रक्रिया अघि बढ्नेछ। छर–छिमेकमा असमझदारी देखिनेछ भने बेसुरको काममा अलमल हुनेछ।

कर्कटः आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ। श्रमको उचित मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ। आफ्नो प्रतिफल अरूलाई सुम्पनुपर्ने परिस्थिति समेत आउन सक्छ। राम्रै आम्दानी भए पनि परिस्थितिले खर्च गराउनेछ। सामान्य काममा पनि दोहोर्याएर प्रयत्न गर्नुपर्ला। पछिका लागि गरिएको लगानी भने फाइदाकारक रहनेछ।

सिंहः आज नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। रचनात्मक कामले फाइदा दिलाउनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। मिहिनेतले समाजमा स्थापित बनाउनेछ। चुनौती पन्छाएर पनि काममा जग बसाउने मौका छ। परिश्रम परे पनि समय फलदायी रहनेछ।

कन्याः आज आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। अवसर प्राप्त भए पनि तत्काल प्रतिफल हातलागी नहुन सक्छ। पहिलेका सम्झौता तोड्नुपर्ने परिस्थिति आउन सक्छ। अरूको भरले मात्र काम पूरा नहुन सक्छ। मान्यजनको सहयोगले तत्काललाई अन्योल टर्न सक्छ। रोकिएका काम भने दोहोर्याउनुपर्ला। अवसरलाई पछ्याउन नसक्दा व्यवहारमा पछि परिनेछ।

तुलाः आज स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल प्राप्त नहोला। काम बिग्रने भयले सताउनेछ। न्यून उपलब्धिमै चित्त बुझाउनुपर्ला। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। पहिलेका समस्या दोहोरिन सक्छन्। सानातिना घरेलु कामले अल्झाउन सक्छ। आलोचकहरू बढ्नेछन् भने वादविवादले समस्या निम्त्याउन सक्छ। लेनदेनमा विवाद हुन सक्छ।

वृश्चिकः आज काममा साथीभाइको सहयोग जुट्नेछ। धन तथा ज्ञानको भण्डार बढ्नेछ भने जीवनशैली आनन्दमय रहनेछ। अतिथिको रूपमा सत्कार पाइएला। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। व्यवसायले रमाइलो यात्रा गराउन सक्छ। प्रियभेट हुनुका साथै विशेष उपहार प्राप्त होला। प्रेम र मित्रताको बन्धन कसिने सम्भावना छ। 

धनुः आज प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्त हुनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ। थोरै लाभ भए पनि ठूलो आवश्यकता पूरा हुनेछ। पछि लाभ हुने काम प्रारम्भ हुन सक्छ। खर्च लागे पनि यात्रा गर्ने प्रक्रिया अघि बढ्नेछ। आफ्ना सामानमा अरूले दाबी गर्न सक्छन्, धनमाल सुरक्षामा ध्यान दिनुहोला।

मकरः आज अस्वस्थताले कमजोरीको अनुभूति हुनेछ। नयाँ काम प्रारम्भ गर्न केही समय प्रतीक्षा गर्नुहोला। परिस्थितिअनुसार चल्न नसक्ता अलि दुःख पाइनेछ। अध्ययनमा समय दिन नसकिएला। परिस्थितिवश आँटेको काममा बाधा हुन सक्छ। हल्लाको पछि लाग्दा दुःख पाइनेछ। प्रतीक्षित नतिजा उत्साहप्रद नहुन सक्छ। नयाँ काम थाल्न केही समय प्रतीक्षा गर्नुहोला।

कुम्भः आज परिस्थिति सोचेजस्तो अनुकूल नहुन सक्छ। नजिकका साथीभाइसँग असमझदारी बढ्नेछ भने काम बिग्रने डरले सताउन सक्छ। समयमा सजग नबन्दा शुभचिन्तकहरू समेत टाढिन सक्छन्। बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउनेछ। अप्ठ्यारो पर्दा साथ दिनेहरू कमै भेटिनेछन्। अरूको फाइदाका लागि उपयोग भइनेछ भने काम बिग्रने डरले सताउनेछ।

मीनः आज कर्मयोगले नयाँ मोड लिनेछ भने पुरुषार्थी काम गर्दै नाम, दाम र इनाम आर्जन गर्न सकिनेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुने समय छ। शत्रु परास्त हुनेछन् भने प्रतिस्पर्धीहरू पछि हट्नेछन्। अग्रज तथा सहयोगी जुट्नाले सोचेको लाभ उठाउन सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मिहिनेतले सफलताको उचाइमा पुर्याउनेछ।

साहित (यात्रा): सूर्य कन्या राशिमा, चन्द्रमा वृष राशिमा रहनेछ । त्यसैले दक्षिणबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज शनिबार परेकाले पूर्वतर्फको यात्रा गर्दै नगर्नुहोला । आज पूर्व, पश्चिम र उत्तरर्फको यात्रा बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।

शुभ लाभादि बेला (दिवा)

बिहान ६ः०१ बजेदेखि ७ः२८ बजेसम्म काल बेला
बिहान ७ः२८ बजेदेखि ८ः५५ बजेसम्म शुभ बेला
बिहान ८ः५५ बजेदेखि १०ः२३ बजेसम्म रोग बेला
बिहान १०ः२३ बजेदेखि ११ः५० बजेसम्म उद्धेग बेला
दिनमा ११ः५० बजेदेखि १ः१८ बजेसम्म चर बेला
दिनमा १ः१८ बजेदेखि २ः४५ बजेसम्म लाभ बेला
दिनमा २ः४५ बजेदेखि ४ः१२ बजेसम्म अमृत बेला
दिनमा ४ः१२ बजेदेखि ५ः४० बजेसम्म काल बेला

शुभ लाभादि बेला (रात्रि)

साँझ ५ः४० बजेदेखि ७ः१२ बजेसम्म शुभ बेला
साँझ ७ः१२ बजेदेखि ८ः४५ बजेसम्म रोग बेला
राति ८ः४५ बजेदेखि १०ः१८ बजेसम्म उद्धेग बेला
राति १०ः१८ बजेदेखि ११ः५० बजेसम्म चर बेला
राति ११ः५० बजेदेखि १ः२३ बजेसम्म लाभ बेला
राति १ः२३ बजेदेखि २ः५६ बजेसम्म अमृत बेला
रातिमा २ः५६ बजेदेखि ४ः२८ बजेसम्म काल बेला
रातिमा ४ः२८ बजेदेखि ०६ः०१ बजेसम्म शुभ बेला
यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समयः बिहानमा ९ः०० देखि १०ः३० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोटः यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।

Copyright © 2024 | All rights reserved.