0
प्रतिक्रिया
पोखरा । जेन-जी आन्दोलन पश्चात् उत्पन्न परिस्थितिका बीच प्रभावकारी सेवा प्रवाह, सुशासन अभिवृद्धि र सेवाहरूको चुस्त व्यवस्थापनलगायत विषयमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सल्लाहकार परिषद्सँग छलफल गरेका छन् ।
पोखरा महानगरपालिका सल्लाहकार परिषदका अध्यक्ष आनन्दराज मुल्मीको अध्यक्षतामा यस क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिहरू सम्मिलित परिषद्सँग नगर प्रमुख आचार्यले छलफल गरेका हुन् ।
छलफलका क्रममा महानगरपालिकाको आन्तरिक सेवा प्रवाहलाई चुस्त, छरितो र पारदर्शी बनाउने सम्बन्धमा विज्ञले सुझाव दिएका छन् ।
सो अवसरमा नगर प्रमुख आचार्यले आन्दोलनका क्रममा महानगरपालिका र मातहतका कार्यालयहरूमा पुगेको क्षतिका विषयमा जानकारी गराएका थिए ।
जेनजी आन्दोलनमा महानगरपालिकाको मुख्य कार्यालय, २६ वटा वडा कार्यालय, १३ वटा गाडी र ३६ वटा मोटरसाईकलहरुमा आगजनी तथा तोडफोड भएको थियो ।
जसले गर्दा महानगरपालिकालाई आर्थिक रूपमा २ अरब बढीको क्षति भएको छ ।
असहज परिस्थितिका बाबजुद नागरिकहरूको सेवालाई प्रभावित हुन नदिने गरी पोखरा सभागृह, साबिक महाशाखा रहेको स्थान र दमकल लगायत स्थानबाट महानगरपालिकाको सेवा प्रवाह गरिरहेको नगर प्रमुख आचार्यले बताए ।
Copyright © 2024 | All rights reserved.