0
प्रतिक्रिया
पोखरा । पोखरा महानगरपालिका वडा नं २९ मा रहेको दीपशिखा सामुदायिक पुस्तकालयमा टेक एज युथ परियोजना सुरु भएको छ ।
रिड नेपाल अन्तर्गतको टेक एज युथ परियोजना र दीपशिखा सामुदायिक पुस्तकालय बिच परियोजना सञ्चालन गर्ने सम्बन्धमा सम्झौता पत्रमा २ महिना अगाडि हस्ताक्षर भइ परियोजना अगाडि बढाउने सहमति भएको थियो ।
पुस्तकालयको सभाहलमा आयोजित एक कार्यक्रमका बीच पुस्तकालयका अध्यक्ष कृष्णहरि भण्डारी, पोखरा महानगरपालिका वडा नं २९ का वडा अध्यक्ष श्रीप्रसाद गुरुङ, दीपशिखा सामुदायिक पुस्तकालयका सल्लाहकार बाबुराम गिरी, रिड नेपालका व्यपस्थापन समिति सचिव एवं मोती सामुदायिक पुस्तकालयका संस्थापक भोलानाथ शर्मा, रिड नेपाल तथा सामुदायिक पुस्तकालयका यादव भट्टराईलगायतबाट प्रशिक्षार्थीलाई परियोजनाको लोगो अंकित टिसर्ट हस्तान्तरण गरी परियोजना सुरु गरिएको हो ।
सम्झौता अनुसार परियोजनाबाट लक्षित समुदायका विभिन्न ४ विद्यालयबाट पिछडिएका, प्रविधिको पहुच नपुगेका १३ देखि २२ वर्षसम्मका अध्ययन गर्दै वा अध्ययन गर्न छोडेका किशाेरकिशाेरी र फरक क्षमता भएका समेत समेटिने गरी प्रत्यक्ष रुपमा ५५ जना लाभान्वित हुने भएका छन् ।
कार्यक्रममा पोखरा महानगरपालिकाका कार्यपालिका सदस्यसमेत रहेकी पुस्तकालय उपाध्यक्ष निर्मला पौडेलले स्वागत गरेकी थिइन् भने सामुदायिक पुस्तकालय संघ गण्डकीका अध्यक्ष एवं पुस्तकालय कोषाध्यक्ष माधव भण्डारीले पुस्तकालयका गतिविधिवारे प्रकाश पारेका थिए ।
आठ लाख रुपैया खर्च हुने टेक एज युथ कार्यक्रमका लागि परियोजनाले चार लाख बराबरको खर्च र बाँकी चार लाख पुस्तकालयले नै व्यवस्था गर्नुपर्ने कार्यक्रम संयोजक एलिसा केसीले बताइन् ।
Copyright © 2024 | All rights reserved.