असोज २५, २०८२, शनिबार

तालबेसी ज्येष्ठ नागरिक सेवा केन्द्रकाे अध्यक्षमा बद्रीनाथ ढुंगाना निर्वाचित


Advertisement Image
clock icon 8 hours, 41 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

खरा । पोखरा-२६ स्थित तालबेसी ज्येष्ठ नागरिक सेवा केन्द्रको प्रथम वार्षिक साधारण सभा तथा अधिवेशनले बद्रीनाथ ढुंगानाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

गत वर्ष मात्र स्थानीयहरूको पहलकदमीमा ज्येष्ठ नागरिकहरूका लागि दिवा सेवा केन्द्र सञ्चालन गर्दै आएको तालबेसी ज्येष्ठ नागरिक सेवा केन्द्रको बिहीबार भएको अधिवेशनले सर्वसम्मत रूपमा ढुंगानालाई अध्यक्षमा चयन गरेको हो ।

यसैगरी समितिको उपाध्यक्षमा बलराम ढुंगाना, सचिवमा विचित्रनाथ ढुंगाना, कोषाध्यक्षमा सूर्यकुमारी रानाभाट र सदस्यहरूमा ठाकुर प्रसाद ढुंगाना, सरस्वती रानाभाट, यमुना थापा, सूर्यनाथ भण्डारी, माया बराल, नवराज ढुंगाना र गंगा देवकोटा बराल रहेका छन् ।

यसअघि कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेश सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका उपसचिव प्रकाशचन्द्र ढुंगानाले ज्येष्ठ नागरिक अनुभवका खानी र जिउँदो इतिहास भएकाले उनीहरूको विचारलाई समाज रूपान्तरणका लागि प्रयोग गर्न आग्रह गरे ।

संस्थाका अध्यक्ष बद्रीनाथ ढुंगानाको अध्यक्षतामा भएको कार्यक्रममा लोकसांस्कृतिक संरक्षण समितिका अध्यक्ष जगननाथ तिमिल्सेना, जल्धारे ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रका अध्यक्ष मनोहरी ढुंगाना, स्थानीय समाजसेवी बामदेव ढुंगाना, कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष सन्तोष तिमिल्सेना लगायतले आफ्नो धारणा राखे ।

तालबेसी ज्येष्ठ नागरिक सेवा केन्द्रका उपाध्यक्ष बलराम ढुंगानाले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन सचिव विचित्रनाथ ढुंगानाले गरे ।

Copyright © 2024 | All rights reserved.