0
प्रतिक्रिया
सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुःख भाग्भवेतः ।।
ॐ शान्तिः शान्तिः शान्तिः ।।
आजको पञ्चाङ्ग
मिति २०८२ असोज २६ गते आइतबार, इस्वीसंवत अक्टोबर १२ तारिक सन् २०२५, श्रीशाके १९४७, नेपाल संवत् ११४५, सिद्धार्थीनामको संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । शरद ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार कात्तिककृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज कात्तिककृष्णपक्षको षष्ठी तिथि साँझमा ७ः५० मिनेटसम्म त्यसपछि सप्तमी तिथि लाग्नेछ । नक्षत्रमा मृगशिरा साँझमा ७ः४९ मिनेटसम्म त्यसपछि आद्रा नक्षत्र लाग्नेछ । विष्कुम्भादि योगमा वरियान २९ घटि ०५ पलासम्म त्यसपछि परिध योग लाग्नेछ । करणमा गर रहनेछ । आनन्दादि योगमा सौम्य रहनेछ ।
सूर्य कन्या राशिमा, चन्द्रमा वृष राशिमा रहनेछ । आज दिनमान २८ घटि ५४ पला अर्थात ११ घण्टा ३६ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौँ केन्द्र विन्दुमा रही बिहानमा ६ः०३ बजे रुद्र मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठीक ५ः३६ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने समय रातिमा ९ः५८ बजे र अस्ताउने समय भोलि बिहानमा ११ः४३ बजे रहेको छ ।
आजको राशिफल
मेषः आज शैक्षिक व्यवसाय गर्नेका लागि समय अनुकूल रहनेछ । शैक्षिक उन्नतिका अवसर मिल्नेछन् । वैदेशिक कार्य पनि सञ्चालन भएर जाने समय छ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । आयस्रोत बढ्नुका साथै मिठो भोजन प्राप्त होला । यात्रागत कार्य सार्थक रहनेछ । विवाहित व्यक्तिको दाम्पत्य जीवन सुखमय रहनेछ । सबल स्वास्थ्यका लागि आज खानपानमा विशेष सजग रहनु उचित हुनेछ ।
वृषः आज उद्योग र व्यापारमा विशेष फाइदा हुने समय छ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिएला । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । विगतको श्रमबाट राम्रै धनलाभ हुने देखिन्छ । बौद्धिक र रचनात्मक काममा विशेष सफलता मिल्नेछ । नयाँ कामहरू पाउने ग्रहयोग छ । आफन्तको साथ मिल्नेछ । आजको दिन चरित्रसम्बन्धी आरोप आउन सक्ने भएकोले विपरीत लिङ्गीबाट टाढा रहनु हितकर हुनेछ ।
मिथुनः आज दिन चुनौतीयुक्त रहने देखिन्छ । विशेष काम रोकिनुका साथै मानसम्मानमा आघात पुग्न सक्छ । मातापिता र सन्तानसँग मतभेद बढ्ने देखिन्छ । पढाइलेखाइमा अवरोध आउने योग छ । आजको कुनै निर्णय खराब हुनसक्छ, निर्णय गर्दा अलिक विचार गर्नुपर्नेछ । लेनदेनमा विवाद बढ्ने सम्भावना छ । विगतको श्रमबाट भने लाभ हुनेछ । कतै रमाइलो यात्रा गर्ने अवसर प्राप्त होला । धर्मकर्ममा आकर्षण बढ्नेछ ।
कर्कटः आज बलभन्दा बुद्धिको काममा जोड दिनुपर्ने समय छ । आय व्ययलाई हेर्दा अवस्था मध्यम रहनेछ । खर्चका बाध्यता धेरै आइपर्ने सम्भावना छ । नगद सहयोग गर्न बन्द गर्नु हितकर होला । विभिन्न उपहार प्राप्त हुने योग छ । सहयोगीले राम्रो साथ दिनेछन् भने रोकिएका काम बन्ने र नयाँ काम शुरू गर्न सकिने छ । जोखिम बढ्नेछ तर राम्रै फाइदा होला । शत्रुपक्ष परास्त हुनेछ । रसरागमा आकर्षित भइनेछ ।
सिंहः आज बौद्धिक रचनात्मक र कलात्मक काममा विशेष सफलता मिल्ने समय भए पनि धार्मिक कार्यमा खासै मन जानेछैन । कसैबाट विश्वासघात हुन सक्ने भएकोले गोपनीयतामा एकदमै सावधान रहनुपर्ला । विदेश बसोबासको प्रयासमा हुनुहुन्छ भने प्रक्रियामा अनुकुलता बढ्नेछ । पति-पत्नीबीचको सम्बन्ध सुमधुर हुनुको साथै छुटेर बसेको भए मिलनको अवस्था सिर्जना हुने योग छ । आरोग्यता, प्रेमभाव र दाम्पत्य सुख बढ्नेछ । रसरागमा आकर्षण रहनेछ । यात्रा सुखद् रहनेछ ।
कन्याः आज बोलीको भरमा काम बन्ने दिन छ तर जोश-जाँगरले साथ नदिँदा समयमा कार्य सम्पादन नहुन सक्छ । निर्णायक क्षमतामा कमी आउला । पति-पत्नीबीचको सम्बन्ध सुमधुर हुनेछ । व्यापार व्यवसायमा आंशिक सफलता प्राप्त होला । आत्मीयजनसँग असमझदारी वा मनमुटाव बढ्ने योग रहेकोले सजगताको दरकार छ । सुख र दुःखको मिश्रित अनुभूतिका साथ दिन बित्ने देखिन्छ ।
तुलाः आज मिश्रित फलदायी दिन छ । सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन् । आम्दानीका अवसर प्राप्त हुनेछन् । आरोग्यबल बढ्नेछ । मिठो भोजन प्राप्त हुने समय छ । साहसिक काममा आकर्षण रहला । स्वास्थ्यसम्बन्धी समस्या बढ्न सक्छ, खानपानमा सजक रहनुहोला । गोपनीयतामा निरन्तर कायम रहनु हितकर हुनेछ । भुलेका मित्रले सम्झनेछन्, तर कसैसंग विवाद पनि हुन सक्छ । विद्यार्थीका लागि दिन राम्रो छ ।
वृश्चिकः आज घरेलु समस्याले सताउने, मित्र र आफन्तहरुले धोका दिने भएकोले मन चिन्तित हुनसक्ने समय छ । पति-पत्नीबीच विवाद बढ्ने देखिन्छ तर अतिरिक्त प्रेम-प्रसङ्गले सुखदानुभूति गराउनेछ । बोलीको गलत अर्थ लाग्नाले वादविवादको योग छ । सहयोगीहरू टाढिन सक्छन्, ध्यान राख्नुहोला । तपाईंका कमजोरीमाथि टिप्पणी हुनसक्छ । खर्च र ब्यस्तता केही बढ्नेछ ।
धनुः आजको दिन समाजसेवा तथा राजनीतिमा गरेका प्रयास सकारात्मक रहनेछन् । मिष्ठान्न भोजनको अवसर प्राप्त हुन सक्छ । कृषिकार्यमा केही समस्या देखिए पनि राम्रै धन आर्जन हुने समय छ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछन् । विशेष योजनाप्रति लगनशील बन्न नसक्दा आफ्नैबाट आलोचनाको शिकार हुने योग छ । पराक्रम र सुख बढ्नेछ।
मकरः आज बोलीको प्रभावमा अरुलाई विश्वास दिलाउन सफल भई आफ्नो कार्य अघि बढाउन सकिनेछ । सन्तान वा अनुयायीले प्रशन्नता दिलाउनेछन् । वैदेशिक कार्यहरू अघि बढ्नेछन् । तर, खानपानको असावधानीले स्वास्थ्य कमजोर बन्ने सम्भावना छ, सावधानी अपनाउनुहोला । भेटघाटको अलमलले आजको योजना बिग्रन पनि सक्छ, ध्यान राख्नुहोला । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।
कुम्भः आज कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्ने समय भए पनि आम्दानी सीमित हुनाले आर्थिक कठिनाइ आउन सक्छ । निरर्थक यात्रा गर्नुपर्ने, लाभप्रद यात्रा कम हुने, प्रेममा खटपट भइरहने हुन सक्छ । प्रेम प्रसङ्गअघि बढ्दा अध्ययन कार्यमा केही कमी आउन सक्ने देखिन्छ, ध्यान राख्नुहोला । निको भइसकेको रोगले पुन सताउने योग छ । विगतको श्रमबाट भने राम्रै धनलाभ हुने सम्भावना छ । मिठो भोजन प्राप्त हुने दिन छ ।
मीनः आज अरुको विश्वास सजिलै जित्न सकिने समय छ । बौद्धिक कार्यमा तीब्रता आउनुको साथै पुराना समस्या सुल्झाउने अवसर मिल्नेछ । व्यापार तथा उद्योगतर्फ फाइदाको योग छ । तर, हाड जोर्नीको समस्याले सताउने देखिन्छ । धार्मिक कार्यमा खासै रुचि नहोला । खर्च केही वृद्धि हुनेछ । लेखन प्रकाशनसित सम्बन्धित काम सार्थक रहला ।
साहित (यात्रा): सूर्य कन्या राशिमा, चन्द्रमा वृष राशिमा रहनेछ । त्यसैले पूर्व र दक्षिणबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज आइतबार परेकाले पश्चिमतर्फको यात्रा गर्दै नगर्नुहोला । आज पश्चिम र उत्तरर्फको यात्रा बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।
शुभ लाभादि बेला (दिवा)
बिहान ६ः०१ बजेदेखि ७ः२८ बजेसम्म उद्धेग बेला
बिहान ७ः२८ बजेदेखि ८ः५५ बजेसम्म चर बेला
बिहान ८ः५५ बजेदेखि १०ः२३ बजेसम्म लाभ बेला
बिहान १०ः२३ बजेदेखि ११ः५० बजेसम्म अमृत बेला
दिनमा ११ः५० बजेदेखि १ः१८ बजेसम्म काल बेला
दिनमा १ः१८ बजेदेखि २ः४५ बजेसम्म शुभ बेला
दिनमा २ः४५ बजेदेखि ४ः१२ बजेसम्म रोग बेला
दिनमा ४ः१२ बजेदेखि ५ः४० बजेसम्म उद्धेग बेला
शुभ लाभादि बेला (रात्रि)
साँझ ५ः४० बजेदेखि ७ः१२ बजेसम्म चर बेला
साँझ ७ः१२ बजेदेखि ८ः४५ बजेसम्म लाभ बेला
राति ८ः४५ बजेदेखि १०ः१८ बजेसम्म अमृत बेला
राति १०ः१८ बजेदेखि ११ः५० बजेसम्म काल बेला
राति ११ः५० बजेदेखि १ः२३ बजेसम्म शुभ बेला
राति १ः२३ बजेदेखि २ः५६ बजेसम्म रोग बेला
रातिमा २ः५६ बजेदेखि ४ः२८ बजेसम्म उद्धेग बेला
रातिमा ४ः२८ बजेदेखि ०६ः०१ बजेसम्म चर बेला
यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।
राहुकाल समयः दिनमा ४ः३० देखि ६ः०० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।
नोटः यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।
Copyright © 2024 | All rights reserved.