असोज २६, २०८२, आइतबार

टी-२० विश्वकप छनाेटकाे सुपर सिक्समा आज नेपाल यूएईसँग भिड्दै


Advertisement Image
clock icon 3 hours, 15 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । आईसीसी टी-२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा आज नेपाल यूएईसँग भिड्दै छ ।

शुक्रबार सम्पन्न समूह ‘बी’को अन्तिम खेलमा नेपालले जापानमाथि ५ विकेटको जित हासिल गरेको थियो भने समूह चरणको पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनले हराएको थियो ।

सुपर सिक्सको पहिलो खेलमा आइतबार दिउँसो ४ः१५ बजे नेपाल र यूएईले प्रतिस्पर्धा गर्न लागेका हुन् ।

सुपर सिक्समा नेपालले यूएईसहित कतार, ओमान र सामोआसँग खेल्ने छ ।

सुपर सिक्समा समूह ‘ए’ बाट यूएई र कतार, समूह ‘बी’ बाट नेपाल र जापान तथा समूह ‘सी’ बाट ओमान र सामोआ पुगेका छन् ।

नेपाल र यूएईले सुपर सिक्समा दुई अङ्क जोडेका छन् ।

नेपालले समूह चरणको खेलमा जापानसँग खेलेका कारण सुपर सिक्समा जापानी टोलीसँग खेल्न पर्ने छैन ।

नेपालले सुपर सिक्समा भोलि कतारसँग खेल्नेछ ।

यस्तै बुधबार ओमान र शुक्रवार सामोआसँग खेल्नेछ ।

सुपर सिक्समा शीर्ष तीनमा पर्ने टोलीले आउँदो वर्ष भारत र श्रीलङ्कामा हुने टी-२० विश्वकप खेल्न पाउनेछन् ।

Copyright © 2024 | All rights reserved.